बहुजन नारीवाद र ब्राम्हणवाद

हुलाकि अनलाईन न्यूजवाट सम्भारराजकिशोर रजक
नेपालको नारी आन्दोलन पुरुष विचारधारा विरोधी कम पुरुष विरोधी बढी छ। समर्ग नारी आन्दोलन मनुवादी नारिवादको विचारधाराबाट निर्देशित छ। संसारभरी नारीत्वलाई हेर्ने दृष्टिकोण फरक–फरक छन्।
नारीत्व बुझ्नको लागि नारीवादी आन्दोलनको इतिहास बुझ्नु जरुरी छ। महत्वपूर्ण विषय यो होईन की इतिहासको बारेमा तपाइलाई कति जानकारी छ। महत्वपूर्ण यो छ की इतिहासलाई तपाई कुन नजरिया वा दृष्टिकोणबाट बुझ्नु भएको छ।
सत्य कुरा के हो भने न त मैले इतिहास बदल्न सक्छु न त अरु कसैले बदल्न सक्छन् तर इतिहास बुझ्ने, जान्ने नजरिया/दृष्टिकोण बदल्न सकिन्छ।
आजसम्म हामीले शासकको दृष्टिकोणबाट इतिहासलाई बुझ्यौँ, पढ्यौँ र सोही अनुसार आफ्ना विचार बनायौँ। जसले गर्दा मुलनिवासी बहुजनको मन मस्तिष्कमा हीन तथा निम्नताको भावना पैदा भयो।
बहुजन नारी आन्दोलनको गौरवशाली इतिहासबाट परिचित हुने मौकासमेत पाएनौ। अब बहुजन समाजले इतिहासलाई बुझ्ने नजरिया बदल्नु पर्छ। यो लेखमार्फत मुलधारको मनुवादी नारीवादलाई शोसित/शासित बहुजन दृष्टिकोणबाट बुझ्ने विश्लेषण गर्ने प्रयास गरिएको छ।
बाबासाहेव डा अम्बेडकरको विचारधारा अनुसार नारीत्वको परिधी, गुण, ब्यवहार, उनीसँग जोडिएको भुमिका तथा मौलिक कर्तब्यबाट समाज निर्माण भएको छ। हामीलाई वास्तविक नारीत्वको संज्ञान निश्पक्ष दृष्टिकोणबाट गर्नु पर्छ।
समाजमा सबभन्दा पहिला नारीत्वको निर्धारण प्राकृतिक दृष्टिकोणबाट भएको हो। प्रकृतिले आफ्नो प्राकृतिक सन्तुलन कायम राखिराख्न यौन कर्तब्यको भिन्नतालाई छाडेर नारीको जुन कर्तब्य निर्धारित गर्यो त्यसैको समानान्तरमा पुरुषको भुमिका पनि निर्धारण गर्यो। यही बिन्दुबाट वास्तविक नारीत्वको निर्माण हुन्छ।
बहुजन नारीवादी आन्दोलन अम्बेडकर विचारधाराबाट प्रभावित छ। अम्बेडकरी अन्दोलनमा मानवताको परिधिको निर्माण दुई समान त्रिज्याओं (स्त्री–पुरुष) योगको व्यासबाट हुन्छ। मुलनिवासी बहुजनको इतिहासको केन्द्र न त मातृसत्तात्मक थियो न त पितृसत्तात्मक नै थियो। समाजको संरचना लैङ्गैकि समतामा आधारित समतुल्यतामा आधारित थियो। मातृसत्तात्मक तथा पितृसत्तात्मक दुई विचारधारा मध्ये कुनै एउटा हुनुको मतलब असमानताको नै प्रतिनिधित्व गर्नु हो।
मनुवादी विचारधाराको सामन्त नारी आधुनिकताको नाममा जुनसुक्कै कार्यलाई नारी स्वतन्त्रता मान्छन्। स्वतन्त्रताको अर्थ जे पनि गर्ने होईन्। स्वतन्त्रता भनेको जे पनि गर्ने हो त्यो अज्ञानतामा जंगली समाजतर्फको यात्रा हो। जुन जंगली समाजलाई छाडेर यहाँसम्म आई पुगेका छन्।
टी.एच. ग्रीनले भने जस्तै ‘कुरुपताको अभाव सौंदर्य होइन् (absence of ugliness is not beauty) त्यस्तै प्रतिबन्धको अभावको मतलव स्वतन्त्रता हुन सक्दैन्। मनुवादी नारिवाद आन्दोलनको उदेश्य जे पनि गर्नेलाई स्वतन्त्रता मान्छन्। हाम्रो सन्दर्भमा नारी उत्पीडनको मुल कारण मनुवादी विचारधारा हो। मनुवादी वर्चश्व हो।
मुल निवासी बहुजन समाजको मान्छेहरु जातिवादको शोषणबाट पीडित छन् तर बहुजन महिलाहरु जातिवादको सँगसँगै मनुवादको गैरबराबरी ब्यवस्थाबाट पनि पीडित छन्। विधवा विवाह न हुनु, समयको एउटा कालखण्डसम्ममा सती प्रथा, वालविवाह, घुँघट प्रथा, बुरखा प्रथाबाट महिलाहरु किन पीडित छन्? आदी प्रथाको विरुद्धमा मनुवादी नारीवादीहरु किन आवाज उठाउँदैन? यसको मुल कारण महिला सम्पतिको अधिकारबाट बञ्चित हुनु हो। महिलाको सम्पति छैन् बरु महिला स्वंम् पुरुषको सम्पति हुन् यो विचारधारा मनुवादी विचारधारा हो।
जबसम्म महिलाहरुको सम्पतिको अधिकार सुनिश्चित हुँदैन् तबसम्म पुरुषप्रतिको आत्मनिर्भरता कम हुँदैन्। महिलालाई वित्तिय अधिकारमा पहुँच भयो भने आफ्नो स्वतन्त्रताको छनौट आफै गर्न सक्छन्। उनीहरुको स्वतन्त्रता कसैमा निर्भर हुँदैन्। महिलालाई समाजिक तथा आर्थिक स्वतन्त्रताका लागि बाबासाहेव डा अम्बेडकर ११ अप्रील १९४७ मा भारतको संविधानसभामा हिन्दु कोड विल पेश गर्नुभएको थियो।
सवर्णले हिन्दु कोड विललाई जवरजस्त विरोध गरे। भारतको स्वतन्त्रता पछि डा अम्बेडकरले ५ फेब्रुरी १९५१ मा कानुन मन्त्रीको रुपमा हिन्दु कोड विललाई संसदमा पेश गर्नुभयो। संसदमा तीन दिनसम्म गहिरो बहस भयो। सवर्ण जो आफूलाई हिन्दु भन्छन् तिनीहरुले सबभन्दा बढी हिन्दु कोड विलको विरोध गरे।
हिन्दु समाजको सुधारको दृष्टिकोणबाट यो विल हिन्दु समाजको आमुल रुपान्तरण गर्ने लक्ष्य थियो। नेहरुको कुटिल चाल र सवर्णको कडा विरोधको कारण हिन्दु कोड विल पास हुन सकेन् जसको परिणाम अम्बेडकरले कानुन मन्त्रिबाट राजीनामा दिनुभयो।
सोहनलाल शास्त्रीको अनुसार डा अम्बेडकरले भन्नु हुन्थ्यो, ‘मुझे भारतीय संविधान के निर्माण से भी ज्यादा दिलचस्पी और खुशी हिन्दु कोड विल पारित करने में है (हिन्दु कोड विल और डा बाबासाहेब अम्बेडकर, पेज–१५,१२)’।
नेपालको नारीवादी आन्दोलन जात ब्यवस्थाको श्रेष्ठताबाट संक्रमित छ। यो आन्दोलनको नेतृत्व सवर्ण वर्चश्ववादीले गरिरहेका छन्। बहुजन महिलालाई प्रतिकको रुपमा राखेका छन्। सवर्ण महिलाले वहुजन महिलासँग छुवाछुत, उचनिचको ब्यवहार, सामाजिक विभेद गर्छन्। उनीहरुले पुरुषवादी विचारधारालाई कम विरोध तथा पुरुषलाई बढी विरोध गर्छन्। सवर्ण शास्त्र, परम्परा, स्वजातिय विवाह, जातव्यवस्था, कन्यादान आदी विषयमा आमुल परिवर्तनकारी दृष्टिकोण छैन्।
बहुजन नारीवादको आन्दोलनको शब्दावली पुरुष वर्चश्ववादी हुनु हुँदैन्। महापुरुषको सट्टा महानायक र महिलाको हकमा महानायिका शब्दको प्रयोग गर्नु पर्छ। बहुजन पुरुषभित्र जुन पुरुषवाद छ त्यो ब्राद्मण पुरुषबाट आयातित हो। त्यो उसको मुल प्रवृति होइन्।
त्यस्तै वर्तमानमा बहुजन नारीमा जुन नारीवाद छ त्यो पनि ब्राद्मण नारीबाट आयातित छन्। बहुजन नारी जसले आफ्नै नारीलाई शोषण गर्छन् जो उनी आफै भोगेका थिए त्यो सवर्ण महिलाबाट सिकेका छन्। नारी उत्पीडनको प्रवृती बहुजनको मुल प्रवृती थिएन्।
नकलको सन्दर्भमा गैबरिल टार्डेले बैज्ञानिक अध्ययन गरेका छन। उनको अनुसार नकल गर्ने प्रबृतिलाई तीन भागमा विभाजन गरी विश्लेषण गरिन्छ। उनको तीन नियम मध्ये एउटा नियम ‘तलको ले माथिको नकल’ गर्छन्। उहाँ कै शब्दमा ‘अबसर मिल्दा दरबारी सधै आफ्नो नायक, आफ्नो राजा, अधिपतिको नकल गर्छ र आम जनता आफ्नो सामन्तको नकल गर्छन् (डॉ अम्बेडकर, भारत में जातिप्रथा, पेज–३२)’।
नारी आफै धेरै शक्तिशाली छन् किनभने नारी नै पुरुषको जन्म दिन्छ। पुरुषलाई जन्म दिने भएको हुनाले पुरुषवादलाई पनि नारीले नै खत्म गर्न सक्छन्।
सवर्ण नारीवादी आन्दोलन पुरुषवादको विरुद्ध कम छन् तर पुरुषको विरुध अधिक छन्। नारीवादको अर्थ पुरुष विरोधी विचारको उत्पादन गर्नु होइन्। नारीवाद पुरुष विरोधी होइन पुरुषवादको बिरोधी हो र नेपालमा पुरुषवाद ब्राद्मणवादको उत्पादन हो।
सवर्ण नारीवादी ब्राद्मणवादबाट मूक्त हुन सकेका छैन्। ब्राद्मणवादलाई नष्ट न गरेसम्म पुरुषवादलाई नष्ट गर्न सकिदैन्। विचारणिय प्रश्न यो छ कि नेपालको नारीवादी आन्दोलन ब्राद्मणवादलाई नष्ट गर्ने खालको छ? कदापी छैन्। यो सन्दर्भमा बहुजन नारीवादको विचारधाराबाट ब्राद्मणवादको साथसाथै पुरुषवादलाई पनि नष्ट गर्न सकिन्छ।
यस प्रक्रियाबाट नायाँ महिला, नयाँ पुरुषको जन्म हुन्छ। नयाँ महिला र नायाँ पुरुषको जगमा नयाँ संसारको जन्म हुन्छ जहाँ बहुजनको हितमा बहुजनको जीवन खुशी तथा मर्यादिन हुन्छन्।
(रजक मुलनिवासी बहुजन अभियन्ता हुन्।)
http://www.hulakinews.com/%E0%A4%AC%E0%A4%B9%E0%A5%81%E0%A4%9C%E0%A4%A8-%E0%A4%A8%E0%A4%BE%E0%A4%B0%E0%A5%80%E0%A4%B5%E0%A4%BE%E0%A4%A6-%E0%A4%B0-%E0%A4%AC%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%E0%A5%8D%E0%A4%B9%E0%A4%A3-2/

Comments

Popular posts from this blog

पुरुस्वत्व निर्माणमा बुवाको मात्रै होईन आमाको पनि भुमिका हुन्छ ।

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

डॉ अम्बेडकरको नजरमा माक्र्सवाद