गान्धी, अम्बेडकर र पुना प्याक्ट

बिहिबार, १३ मङि्सर २०७५, ०८ : ५७ | राजकिशोर रजक हजारौँ वर्षदेखि आध्यात्मिक फासीवादी संस्कृतिबाट त्रस्त दलित/बहुजनको जीवन अन्धकार युगमा बितिरहेको थियो। सन् १९२० को आसपास दलित/बहुजनलाई बाबासाहेब डा. भीमराव अम्बेडकरको नेतृत्व प्राप्त भयो। सन् १९३० सम्म दलित/बहुजनको संघर्षलाई गान्धी र उनको दल कांग्रेसले अधिकतम उपेक्षा गरेको देखिन्छ। आधुनिक भारतको इतिहासमा १६ अगस्ट १९३२ दलित/बहुजनका लागि ऐतिहासिक दिन हो। यो दिन ब्रिटिस सरकारले पृथक् निर्वाचन मण्डल (सामुदायिक पंचाट) को घोषणा गरेको थियो। ब्रिटिस सरकारको यो निर्णय भारतको संवैधानिक इतिहासमा महत्वपूर्ण परिघटना हो। यो निर्णयबाट भारतीयहरूको सार्वभौम बालिग मताधिकार र पृथक् निर्वाचन मण्डलबाट सामुदायिक प्रतिनिधित्वको अधिकारलाई सैद्धान्तिक मञ्जुरी प्राप्त भयो। मुस्लिम, शिखजस्तै अस्पृश्यलाई हिन्दुभन्दा पृथक् पहिचानको मान्यता प्राप्त भयो। सामाजिक, सांस्कृतिक तथा धार्मिक रूपबाट अलग अस्पृश्य समाजलाई तत्कालीन ब्रिटिस प्रधानमन्त्री रेमसे मैकडोनाल्डले राजनीतिक रूपमा पनि पृथक् मान्यता प्रदान गरे। डा. अम्बेडकरको योग्य नेतृत्व, उनले गोल...