मधेश सवालमा अनौपचारिक वहस (१० सेप्टेम्बर, २०१७)

संयोगवस तुला नारायण साह, उज्वल प्रसाइ, कासिन्द्र यादव र राज रजक अनौपचारिक रुपमा भेटघाट हुने अवसर जुर्यो । हामी चारै जना समसमायिक मधेश सवालमा करिब दुई घण्टा जति छलफल भयो । दुई घण्टाको वसाईमा विभिन्न विषय उपर खुला भएर अधिकारिक संवाद भयो जस्तो लाग्छ । संवादमा मधेशवाद, मधेशको सन्दर्भमा माक्र्सवाद, बहुजन चेतना, वजारवाद, उपयोगितावाद र जातव्यवस्थाको वारेमा गहिरो छलफल भयो । नेपाली राजनीतिको वृहत तस्वीर, ऐतिहासिक विकासक्रम र मधेशको सवाल र आन्दोलनलाई आलोचनात्मक रुपमा विश्लेषण गर्ने काम भयो ।

सवै जनाले आ–आफ्नो विचार, दृष्टिकोण मधेशलाई केन्द्रि विषय बनाएर राख्नु भयो । मधेशि समाज असंगठित छ । जातिय, वर्गिय, लैङ्गिक विभेद छ । औपनिवेशिकताको शिकार छ । परम्परागत मधेश नेतृत्व मधेशको मुद्यलाई तार्किक निशकर्षमा पुर्याउन सकेन । मुल कारण आन्तरिक रुपमा अल्पजनवाट विभेदित र वाह«य रुपमा नेपाली राज्यसत्ताको विभेदपूर्ण शासन ब्यवस्था नै हो ।

माक्र्सवादको आधारभुत शास्त्रीय दृष्टिकोण हिन्दु समाजको मुल अन्तरविरोधलाई पक्रन सेकेको छैन् । मधेशको सन्दर्भमा समाजको मुल अन्तरविरोध जातिय हो भने कुरामा अवधारणागत बुझाईमा कमि छ । माक्र्सवाद र मनुवाद एक अर्कामा contradicting हुने भएकोले दक्षिण एशियाका बामपन्ति/कम्यूनिश्ट आन्दोलन असफल नै सावित भएका छन् ।

माक्र्सको अनुसार वर्ग तरल हुन्छ । वर्ग संघर्षवाट सर्वहाराको अधिनाकत्व स्थापित हुन्छ । समाजवाद समाज विकासको नियमित प्रक्रिया अनुसार विकास हुनेछ । नीजि सम्पतीको कारण समाजमा शोसन हुन्छ आदि विभिन्न विचारहरु आज भन्दा करिब २५ सय बर्ष पहिला बुद्धले भनिसकेको रहेछ । नेपाल र मधेशको सन्दर्भमा दुःख र शोसनको कारण बुझन जर्मनको कार्लमाक्र्स सम्म पुग्नु पर्दैन् । मधेशको बुद्ध पढे भैहाल्छ । तर, दुर्भाग्य हाम्रा मनुवादि माक्र्सवादिहरु बुद्ध बुझने प्रयास नै गरेन् । माक्र्सवादका अधिकाँस विचार असान्दर्भिक भैसकेका छन तर केहि आधारभुत पक्ष भने आज पनि विश्व दृष्टिकोणको रुपमा स्थापित छन् मधेशि समाजमा आर्थिक शोसन मात्र छैन् मुलतः सामाजिक र त्यसपछि आर्थिक हो ।

जातव्यवस्थाले ज्ञान विज्ञानको सम्पूर्ण अवसर / ढोकालाई बन्द गरेको छ । जुन समाजमा ठूला बाडालाई एक ठाँउवाट अर्को ठाँउमा लाग्नको लागि कहार जात उपलब्ध छन् भने अटोमोवाईल अविश्कार गर्ने आवश्यकता नै हुदैन् । जुन समाजमा लुगा धुनको लागि धोवि जात उपलब्ध छन् भने वासिङ्ग मेसिन अविश्कार गर्ने आवश्यकता नै हुदैन् । जातव्यवस्थाले ज्ञान विज्ञानको सम्पूर्ण अवसरलाई समाप्त गर्यो । जसले गर्दा सभ्यताको तमाम आवश्यकताको अविश्कार पश्चिमाको अनुसन्धानमा निर्भर हुनु परेको छ । मनुवादि विचार, सौन्दर्यशास्त्र, चिन्तनको कारण आजपनि बहुजन दासको जीवन बाँच्न बाध्य छन् । जसरी उच नीच जमिनमा फसल उत्पादन राम्रो हुनसक्दैन, उवर खावर रोड रास्तामा गति प्रदान गर्न सकिदैन त्यसरी नै उच नीच, छुवाछुतको भेदभाव गर्ने जनसमुदाय समाज र राष्ट्रलाई न्याय गर्न सकिदैन् ।

गरिबीको कारण गरिबको घरमा खोज्ने, छुवाछुतको कारण दलितको घरमा खोज्ने प्रवृति, मनोविज्ञान र मुल्य आज पनि मुलधारको रुपमा विकास भएका छन् । गरिबीको कारण गरिबको घरमा होईन धनिको घरमा खोज्नु पर्छ । छुवाछुतको कारण दलितको घरमा होईन सवर्ण ब्राहमणको घरमा खोज्नु पर्छ । दलित, महिला, मधेशि, थारुको बारेमा त्रिभुवन विश्वविद्यालयमा सयौ सोधहरु भएको पाईन्छ । यीनिहरु सवर्ण अनुसन्धानको laboratory कै रुपमा निर्माण गरिएका छन् । विभेदको मुल कारण जहाँ छ त्यहाँ कुनै अनुसन्धान, सोध हुन सकेको छैन् र यो सिलशिला आज पनि जारि नै छ ।

मधेशि बहुजन समाजको निर्माणको सन्दर्भमा पनि छलफल भयो । दलित, पिछडावर्ग, मुश्लीम, बौद्ध, थारु, कविरपन्थि, अल्पसंख्यक आदिको अवादि ९५% भन्दा बढि छन् । यी समुदाय जात, धर्म, वर्ग आदिमा विभाजित छन् जसले गर्दा आन्तरिक रुपमा अल्पजनवाट र वाहय रुपमा नेपाली राज्य सत्तावाट शासित हुन बाध्य छन् । जात होईन जमात निर्माण गर्नु पर्छ । जमात तब निर्माण हुन्छ जब बहुजन चेतनाको विकास हुन्छ । बहुजन समाज निर्माणवाट जातको विनास गरि समाजमा समानता, स्वतन्त्रता, सामाजिक न्याय जस्ता सामाजिक सुधारका पहल गर्न सकिन्छ । यो कार्य बहुत कठिन भए पनि असम्भव भने छैन् । जागरण, शैक्षिक कार्यक्रम, ज्ञान निर्माण र प्रसारको माध्यमवाट बहुजन समाज निर्माणको लक्ष्य प्राप्त गर्न सकिन्छ । नेता होईन नेतृत्व निर्माणमा जोड दिनु पर्छ । यूवाहरुमा जागरण पैदा गर्नु पर्छ । त्यसको लागि बावासाहेव डा. भिमराव अम्बेडकर, ज्योतिवा, महात्मा गान्धि, ग्राम्सी, पाउलो फ्रेररे आदि पढ्नु पर्छ ।

मानववियकरण प्रक्रियावाट सामाज सुधारको कार्यलाई अगाडि बढाउन सकिन्छ । यसको लागि शिक्षालाई जोड दिनु पर्छ । वैकल्पीक प्रभुत्व (alternative hegemony ) निर्माण गर्न समाजमा स्थापित उचनीचको संरचनामा आमुल परिवर्तन आवश्यक छ । मानवता, समानता, भातृत्व र स्वतन्त्रता रुपि मानव मुल्य निर्माण गर्न समाजको स्तरमा व्यापक काम गर्नु पर्छ । यी ऐतिहासिक जिम्मेवारिलाई अगाडि बढाउनको लागि मधेशी बौद्धिक, विचारक, अभियानी, अभियानकर्ता, अधिकारकर्मि संकल्पित हुनु पर्छ । जीवनको सार्थकता यी ऐतिहासिक जिम्मेवारिमा निहित छ ।

Comments

Popular posts from this blog

पुरुस्वत्व निर्माणमा बुवाको मात्रै होईन आमाको पनि भुमिका हुन्छ ।

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

दलित अवस्था हो पहिचान होईन ।