हाम्रो सन्दर्भमा बुद्ध र मार्क्स


राजकिशोर रजक
विश्व परिवेश एक नाशको छैन । विविधता आजको सच्चाई हो । समसमायिक राजनीतिमा कार्ल माक्र्सको नाम एक राजनीतिक विचारक र आर्थिक ब्यवस्थाको निर्माताको रुपमा व्याख्या हुँदै आइरहेको छ । बुद्धलाई एक धर्मको संस्थापक र सामाजिक सुधारकको रुपमा व्याख्या गरिन्छ । बुद्ध र माक्र्सको विचमा तुलनात्मक अध्ययन र विश्लेषण सचेत रुपमा जति हुनु पर्ने हो भएको जस्तो लाग्दैन । बुद्ध र माक्र्सको विचमा गहिरो अध्ययन बाबासाहेव डा. अम्बेडकरले गर्नु भएको थियो जुन विचार आज पनि सान्दर्भिक र शिक्षा योग्य छ ।
बुद्ध र माक्र्सको विचमा २३८१ वर्षको फरक छ । बुद्धको जन्म ई.पू. ५६३ मा भएको थियो भने कार्ल मार्क्सको जन्म सन् १८१८ मा भएको थियो । यहाँ यस लेख मार्फत दुवैको विचमा के के समानता र असमानता छन् त्यस विषयमा बुझ्नु पाठकको लागि स्वभाविक हो । दुवैको विचमा समय अन्तरालको साथ साथै विचार र क्षेत्र पनि अलग छन् । माक्र्सवादिहरु लेख शिर्षक माथि मजाक गर्न पनि सक्छन् । उनीहरुको विचारमा माक्र्स आधुनिक र बुद्ध पुरातन हुन सक्छन् । तर, यस लेख मार्फत एउटा माक्र्सवादिले बुद्धवाट के सिक्न सक्छ भने विषय आकर्षक र शिक्षाप्रद हुन सक्छ । यदि माक्र्सवादि आफनो पुर्वाग्रहवाट मुक्त भएर बुद्धलाई अध्ययन गरे र बुद्धको संघर्ष, विचारलाई चिन्तन मानन् गरे भने उनीहरुको दृष्टिकोणमा रुपान्तरन आउन सक्छन् । माक्र्सवादको विषयमा समिक्षा गर्न सक्छन् ।
बुद्धको नामलाई प्राय अहिंसाको सिद्धान्तसँग जोड्ने गरिन्छ । अहिँसालाई मात्र वहाँको सम्पूर्ण शिक्षा, उपदेशलाई सारको रुपमा व्याख्या गर्छन् तर थोरै मान्छे बुद्धले जे उपदेश दिए त्यो एक्कदम्मै व्यापक र अहिँसा भन्दा अझै बढी नै छ । डा. अम्बेडकरले त्रिपिटकलाई अध्ययन गरी बुद्धको विचारलाई यसरी ब्याख्या गरेका छन ।
बुद्धका अनुसार मुक्त समाजको लागि धर्म आवश्यक छ तर सवै धर्म ग्रहण गर्ने योग्य छैनन् । धर्मको सम्बन्ध मानव जीवनको तथ्य र वास्तविकतासँग जोडिएको हुनु पर्छ । भगवान अथवा परमात्मा, स्वर्ग अथवा पृथ्वीको सम्बन्धमा सिद्धान्त अनुमान तथा निराधार कल्पनाको उपज हुनु हुदैन । ईश्वर वा भगवानलाई धर्मको केन्द्र बनाउनु अनुचित हुन्छ । बुद्धको अनुसार वास्तविक ईश्वरको वास मनुष्यको हृदयमा हुन्छ शास्त्रमा होईन । धर्मको केन्द्र मनुष्य र नैतिकता हुनु पर्छ । यस्तो भएन भने धर्म एक क्रूर अन्धविश्वास हुनजान्छ । नैतिकता जीवनको आदर्श मात्र नभएर जीवनको नियम र कानुन हुनु पर्छ । धर्मको काम विश्वको उत्पति र अन्तको व्याख्या मात्र गर्ने होईन नयाँ ढङ्गले विश्वलाई पुर्ननिर्माण गर्नु हो । संसारमा दुःख स्वार्थको टकरावको कारण हुन्छ । सम्पतिको नीजिकरणवाट स्वामित्व, अधिकार र शक्ति एक वर्गको हातमा आउँछ जसले गर्दा अर्को वर्गमाथि शोषण र दुःख हुन्छ । मनुष्यको मापदण्ड उसको गुण हुनुपर्छ जन्म होइन । जीवनको महत्वपूर्ण पक्ष उच्च आदर्श हो न कि उच्च कुलमा जन्म लिनु । सवैको प्रति मित्रता, सहचार्य र भाईचरालाई परित्याग गर्नु हुदैन । समाजका सवै व्यक्ति र समुदायलाई शिक्षाको अधिकार हुनु पर्छ । मनुष्यलाई जीवित रहनको लागि ज्ञान त्यति नै आवश्यक छ जति बाच्नको लागि भोजन । राम्रो आचरण विनाको ज्ञान खतरनाक हुन्छ । कुनै पनि चिज भ्रमित वा अचुक हुदैन । कुनै पनि चिज सधै बाध्यकारि हुदैन । परिक्षण तथा छानविनवाट निश्कर्ष निकाल्न सकिन्छ । कुनै पनि चिज अन्तिम हुदैन कार्य कारण सम्बन्ध नियमको अधिनमा हुन्छ । युद्ध सत्य तथा न्यायको लागि हुनु पर्छ यदि त्यसो भएन भने त्यो अनुचित हुन जान्छ र विजीतको प्रति विजेताको पनि कर्तब्य हुनु पर्छ ।
अब कार्ल माक्र्सको मौलिक विचारलाई विवेचना गरौँ । माक्र्स आधुनिक समाजवाद तथा साम्यवादको जनक हो भने कुरामा शंका गर्ने ठाँउ छैन् । माक्र्सले समाजवादको प्रतिपादन वा प्रस्तुत गर्नु मुख्य उदेश्य थिएन । वहाँको मुल उदेश्य समाजवादलाई वैज्ञानिक बनाउनुमा थियो । माक्र्सको लडाई पुजिपतिको विरुद्ध जति थियो त्यति नै स्वप्नदर्शी वा अव्यवहारिक समाजवादको विरुद्धमा पनि थियो । माक्र्स आफनो समाजवादको बैज्ञानिक पक्षलाई सबभन्दा बढि महत्व दिन्थे ।
माक्र्सको अनुसार दर्शनको उदेश्य विश्व समाजको पुनर्निमाण गर्नु हो न कि ब्रम्हाण्डको ब्याख्या गर्नु । आर्थिक पक्षले नै समाजिक इतिहासको दिशा सुनिश्चित गर्छ । समाजमा मालिक र मजदुर दुई वर्गको विचमा अन्तरविरोध र संघर्ष हुन्छ । मालिकद्वारा मजदुरलाई शोसण गरिन्छ । मजदुरको परिश्रमको परिणाम स्वरुप प्राप्त मुल्य बचतलाई पुनर्लगानी गरेर मजदुर वर्गलाई निरन्तर शोषण गरि रहन्छ । उत्पादनको साधनलाई राष्ट्रियकरण गरि व्यत्तिगत सम्पति उन्मुलन गरि बर्गिय शोषणलाई समाप्त गर्न सकिन्छ । मजदुर वर्गको निरन्तर शोषणको कारण श्रमिक वर्गमा क्रान्तिकारी भावनाको विकास भई वर्ग संघर्षको रुपमा विकास हुनजान्छ । श्रमिक वर्गको अधिनायकत्व निर्माण हुन्छ । एतिहासिक द्धन्दात्मक भौतिकवाद, मुल्य वचतको सिद्धान्त र सर्वहारा वर्गको हातमा राज्य सत्ता माक्र्सको मुलभुत प्रस्तावना हो ।
बुद्ध र माक्र्सको विचारधारालाई तुलना गर्नु भन्दा पहिला यो कुरालाई विचार गर्न आवश्यक छ कि माक्सवादी सिद्धान्तको मौलिक संग्रहवाट कति अस्तित्वमा छन् । इतिहासले कति विचारलाई असत्य र निरर्थक प्रमाणित गरि सकेका छन् । माक्र्सवादि विचार १९औँ सताब्दिको मध्य तिर विकास भएको हो । त्यहि समय देखि आलोचना पनि हुदै आएका छन् । यी आलोचनावाट माक्सवादि विचारका अधिकाँस ढाँचा ध्वस्त भैसकेका छन् । माक्र्सका समाजवाद अपरिहार्य हो भने विचार पुर्णतः असत्य सावित भएका छन । सर्वहारा वर्गको अधिनायकवाद सवभन्दा पहिला १९१७ मा “दास कैपिटल”मा समाजवादको सिद्धान्त प्रकासित भएको थियो । त्यसको ७० बर्ष पछि केवल एउटा देशमा लागु भएको थियो । साम्यवाद जसलाई सर्वहारा वर्गको तानाशाह पनि भनिन्छ रुसमा स्थापना भएको थियो । रुसको साम्यवाद माक्र्सले भने अनुसार संघर्ष विना वा अपरिहार्य बस्तुको रुपमा आएको थिएन् । रक्तपातपूर्ण क्रान्ति र अत्यधिक हिँसाको माध्यमवाट रुसमा साम्यवादको स्थापना भएको थियो । रुसको अलावा आज पनि बाँकि दुनियामा सर्वहारा वर्गको तनाशाहको अपेक्षा गरिदै छन । माक्र्सवादको अनुसार समाजवाद एक अपरिहार्य परिघटना हो । यो सिद्धान्त पूर्णतः असत्य सावित भएका छन् । आजको समयमा कुनै पनि व्यत्ति इतिहासको आर्थिक व्याख्यालाई मात्र इतिहासको एक मात्र परिभाषा स्वीकार्न सकेका छैन ।
डा. अम्बेडकरको विचारमा माक्र्सवादको थोरै विचार बाँकी छन् । बाँकी विचार आगोेको समान र महत्वपुर्ण छ । पहिलो दर्शनको मुल कार्य विश्वको पुर्ननिर्माण गर्नु हो, विश्वको ब्याख्या गर्नु होईन । दोस्रो वर्गिय अन्तरविरोधको कारण वर्ग संघर्ष अनिवार्य हुन्छ । तेस्रो सम्पतिको व्यत्तिगत स्वामित्वको कारण समाजमा एक वर्ग शत्तिशाली हुने र अर्को वर्गलाई शोषण तथा दुःख दिने । चौथो समाजमा समानता र न्यायको लागि व्यत्तिगत सम्पतिलाई उन्मुलन गर्ने । यी चार विचार आज पनि महत्वपूर्ण छ ।
जे जति माक्र्सवादि विचार अस्तित्वमा छन त्यसको विचमा बुद्ध तथा कार्ल माक्र्सको विचमा तुलना गर्न सकिन्छ । पहिलो विचार दर्शणको मुल उदेश्य विश्वलाई पुर्नगठन गर्नु हो केवल विवेचना र ब्याख्या गर्नु होईन । यस विषयमा दुवै पूर्ण सहमत छन । यो कुरालाई प्रमाणको रुपमा बुद्ध तथा पोत्तपाद नामको ब्राद्मणको विचमा भएको वर्तालापलाई आधार बनाउन सकिन्छ । पोत्तपादले बुद्धलाई विभिन्न प्रश्न सोध्छन र बुद्धले सम्पूर्ण प्रश्नलाई उपयोगि छैन् भनेर कुनै उत्तर दिदैन ।
दास्रो विचार वर्ग संघर्षको सन्दर्भमा बुद्ध र कोशल नरेश प्रसेनजितको विचमा भएको वर्तालापलको अनुसार राजा राजाको विच, कुलिन कुलिनको विच, ब्राद्मण ब्राद्मणको विच, आमा र पुत्रको विच, पिता र पुत्रको विच, भाई र वहिनिको विच र साथि र साथिको विचमा पनि संघर्ष चलिरहन्छ । यी विचार प्रसृनजितले बुद्धको अगाडि राख्नु भएको थियो । बुद्धले वर्ग संघर्षको कारण नै दुःख र दुर्दशा समाजमा व्याप्त छन ।
तेस्रो विचार व्यक्तिगत सम्पतिसँग सम्बन्धित छ । यस सम्बन्धमा बुद्ध र पोत्तपादको विचमा भएको वर्तालापलाई आधार बनाउन सकिन्छ । दुखको मुल कारण के हो ? बुद्धको अनुसार धन–लोलुपता सम्पतिको स्वामित्वको कारण हुन्छ । जहाँ कुनै प्रकारको सम्पतिको अधिकार हुदैन त्यहाँ व्यक्ति धन लोलुपतावाट मुक्त हुन्छ । दुराग्रह सम्पति स्वामित्वको मुल कारण हो ।
चौथो विचार व्यक्तिगत सम्पतिको उन्मुलनको सम्बन्धमा बुद्धले यसमा कुनै प्रमाणको आवश्यकता छैन् भने । भिक्षु संघको नियम यस विषयमा सर्वोत्तम प्रमाण हो । नियमको अनुसार भिक्षु प्रतिदिन लगाउनको लागि तीन वस्त्र, कम्मरमा बाँध्नको लागि एउटा पेटी, एउटा भिक्षापात्र, एउटा उस्तरा, सुई–धागा र पानि सफा गर्न एउटा छलनि आदि नै सम्पतिको रुपमा परिभाषित गरेको थियो ।
यसको अलावा माक्र्सवादिको दर्शन अनुसार राज्य समाप्त हुन्छ । मानव जातिको अन्तराष्ट्रिय जाति हुनेछ । राज्य समाप्त कहिले हुन्छ ? राज्य समाप्त भयो भने त्यसको स्थानमा को आउछ ? पहिलो प्रश्नको सन्दर्भमा माक्र्सवादिले कुनै समयसिमा भन्न सकेका छैन । राज्य समाप्त भए पछि त्यसको स्थानमा को आउछ भने विषयमा माक्सवादिहरु भन्न सकेका छैन । माक्र्सवादिले वल प्रयोगको विकल्प सोच्न सकेका छैन । वल प्रयोगको विकल्पको रुपमा धर्म नै हो तर माक्सवादिहरु धर्मलाई हफिम भनेका छन् । धर्मको सन्दर्भमा माक्र्सवादिहरुमा गहिरो घृणा छ । माक्र्सले इसाई धर्मको सन्दर्भमा धर्मलाई अफिम भनेका थिए जसलाई बौद्ध धर्मको सन्दर्भमा प्रमाणित गर्न सकिदैन । माक्सवादीको अनुसार धर्म जनताको लागि अफिम हो । यो आरोप इसाको पर्वत प्रवचन (सरमन आन दि माउंट) मा आधारित हो जुन वाईवलमा उल्लेख छ जहाँ निर्धन, दरिद्र तथा दुर्बलको लागि स्वर्गको वाटो खुल्छ । बुद्धको उपदेशमा प्रर्वत प्रवचन छैन ।
माक्र्सवादीहरु आफनो तनाशाहपुर्ण साम्यवादि विचारमाथि गर्व गर्छन् तर उनीहरु बुद्धको तनाशाह–विहिन साम्यवादको विचारलाई सुन्न पनि साहस गर्दैन् । बुद्धको तरिका अलग थियो । उनको तरिका मनुष्यको आत्माको परिवर्तन गर्नु, उसको प्रवृति र स्वभावलाई परिवर्तन गर्नु जसले गर्दा मनुष्य जे गरे पनि स्वतन्त्र र स्वेक्षाले वाध्यतावाट पूर्णत स्वतन्त्र भएर गरोस । मानवताको लागि आर्थिक मुल्यको मात्र आवश्यकता हुदैन अध्यात्मिक मुल्यको पनि आवश्यकता हुन्छ । मानवको विकास भौतिकको साथ साथै अध्यात्मिक रुपमा पनि हुन आवश्यक छ ।
लेखक सामाजिक अभियानकर्ता हुन् ।
- See more at: http://esamata.com/insight/%e0%a4%b9%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%b8%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%ad%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%b0/#sthash.sFyP5TMq.dpuf

Comments

Popular posts from this blog

पुरुस्वत्व निर्माणमा बुवाको मात्रै होईन आमाको पनि भुमिका हुन्छ ।

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

दलित अवस्था हो पहिचान होईन ।