ब्राहमणले वाल्टेयर किन जन्माउन सकेन ?
राजकिशोर रजक

हिन्दु समाजमा ब्राहमणलाई श्रेष्ठ मान्छन् । सवभन्दा ज्ञानि मान्छन् । हिन्दु समाजमा ब्राहमणलाई विद्धवताको विशिष्ट मानसिकताको रुपमा व्याख्या गरिन्छन् । हिन्दु समाज मानवता, न्याय, स्वतन्त्रता, भाईचरा आदि मानव मुल्यबाट कोशौ टाढा छन् । हिन्दु समाज सिद्धान्तमा आधारित समाज होइन । मानव मुल्यमा आधारित समाज होइन । हिन्दु समाज शासनमा आधारित हो । तर, दुर्भाग्यवश हिन्दु समाजमा सुधारको आवश्यकता छ भन्ने कुरालाई महशुस गरी एक जना पनि वाल्टेयर जन्माउन सकेन जसले क्याथोलिक चर्चको सिद्धान्तलाई विरोध गरि रुपान्तरणको लागि ईमान्दार बौद्धिकता प्रस्तुत गरेको थियो । यो ब्राहमण बौद्धिकताको घोर कंलक हो जसले आजसम्म र आउने दिनमा पनि एक जना वाल्टेयरको जन्म दिन सकोस् । हिन्दु समाजमा ब्राहमण तुलनात्मक रुपमा सब भन्दा बढि शिक्षित छन् तर उसमा मानवता छैन् । शिक्षित र मानवतामा जमिन आसमानको फरक छ । ब्राहमणको शिक्षामा स्वजातिय चेतनाको वर्चश्व छन् जसले आफनो जातको हितमा बौद्धिकतालाई खपत गर्छन् । निश्छल व्यक्ति त्यो हो जसमा वर्ग वा जात भेदको चेतना हुदैन् । हिन्दु समाजमा व्राहमण केवल शिक्षित छन् । उनीहरुमा जातिभेद आधारभुत मनोविज्ञान हो । त्यसैले आजसम्म कुनै वल्टेयर जन्माउन सकेका छैन् ।
ब्राहमणले किन कुनै वाल्टेयर जन्माउन सकेन भने प्रश्नको उत्तर पनि एक प्रश्न नै हो । ईतिहासमा तुर्कीको सुल्तान इस्लाम जगतको धर्मको जड किन उखाल्न सकेन् ? कुनै पोप पादरी कैथोलिकवादको निन्दा किन गर्दैन् ? बेलायतको संसदले देशको सबै नीला आँखा भएका किशोर किशोरीलाई हत्या गर्ने कानुन किन बनाएनन् ? यसको एउटै कारण के हो भने सुल्तान, पोप अथवा वेलायति संसद यी तमाम कार्य गर्न चाहेन । यी सबै कार्य नगर्न चुप बसे । ठिक त्यस्तै ब्राहमण पनि कुनै वाल्टेयर जन्माउन चाहेन र सकेनन् । यी सवै कुरालाई गहिरिएर विचार गर्दा कुनै व्यत्ति वा व्यत्तिको जातीय चेतना सम्बन्धित व्यत्तिको मनोभावलाई नियन्त्रण गर्छन् । जसले गर्दा सोहि अनुरुपको बौद्धिक कार्य गर्नमा अभ्यस्त हुन्छन् ।
ब्राहमणको हातमा जुन सत्ता छन्, जुन सामाजिक हैसियत प्राप्त गरेका छन् त्यो सबै हिन्दु सभ्यताको देन हो जहाँ उसलाई सर्वोच्चता प्राप्त भएका छन् । उत्त सर्वोच्चता कायम राखिराख्न जातिय चेतनाको कारण आफ्नै वर्गको विरुद्धमा विद्रोह गर्न मानसिक रुपमा तयार छैन । यो कुरा ध्रुव सत्य छ कि प्रत्येक ब्राहमण ब्रहमणवादको मुकुट लगाएकै हुन्छन् चाहे उनी रुढिवादी होस् अथवा नहोस् , उनी पुरोहित होस् अथवा गृहस्थ र विद्धवान होस अथवा बुद्धिहीन । ब्राहमणबाट कोही वाल्टेयर जन्म लियो भने ब्राहमण सभ्यताको लागि प्रत्यक्ष खतरा हुनसक्छ । जसको रचना ब्राहमणलाई श्रेष्ठ राखिराख्न बनाएको थियो । ब्राहमणको बौद्धिकता यहाँसम्म नै सिमित रहन सक्छन् जहाँसम्म उसको स्वार्थ पुरा भैराखोस् । यो ब्राहमणको अन्तरनिहित दुर्वलता हो । जातीय चेतना वा जातिय भेदबाट मुक्त हुन वाल्टेयर बन्नु पर्छ । उनीहरुलाई हरदम यहि चिन्ताले सताई रहेका हुन्छन् कि उनको सहित्य रचनाको पोल न खुलिहालोस् ।
पोरोहितवाद जातीय भेद र जातिय चेतनाको अधार स्रोत हो । जातीय भेदबाट माथि उठेर निश्छल बन्न निहित स्वार्थ र अमानवीयकरणबाट मानवीयकरणको ज्ञान र विद्धवता अपरिहार्य हुन्छन् अनि मात्र वल्टेयरको जन्म दिन सक्छन् । बाबासाहेब डा. अम्बेडकरको अनुसार हिन्दु समाजमा अस्पृश्यताको त्रास हुनु नै हिन्दु धर्मको अपराध हो । हिन्दु धर्ममा सुधारको लागि अस्पृश्यतालाई कहिले सम्म पर्खिराख्ने । यसको जवाफ उसले मात्र दिन सक्छन् जसले भविष्यवाणी गर्ने योग्यता राख्छ त्यो योग्यता हिन्दु समाजमा पुरोहितले राख्छ।
Comments
Post a Comment