Democracy from Citizen's Perspective

लोकतन्त्रमा नागरिक सार्वभौम हुन्छ । राज्यका हरेक नागरिकले देशको प्रमुख कार्यकारी बन्न सपना देख्छ । उसको सपनामा आत्मविश्वास हुन्छ कि म पनि एक दिन यो देशको प्रधानमन्त्रि बन्न सक्छु । राष्ट्र अध्यक्ष बन्न सक्छु । राज्यको गोभर्नर बन्न सक्छु । सेना प्रमुख बन्न सक्छु । प्रहरी प्रमुख बन्न सक्छु । त्यो आत्मविश्वास र मनोवल लोकतान्त्रिक शासन प्रणालीले प्रदान गरेको हुन्छ । नेपाली समाजको बनौट विविधता छ । नेपाली राजनीतिको बनौटमा बिविधता छैन् । के यहाँका दलित, महिला, अतिसिमान्तकृत आदिवासी जनजाती, मधेशी, हिमाली भोटेहरुले यस्ता सपना देख्छन् ? के यस्तो सपना देख्ने आधारभुत मुल्यको निर्माण भएका छन् ? अथवा यस्ता मुल्यहरुको निर्माण नहुनुमा मुख्य कारक के के हुन ? यस्ता मुल्य निर्माण गर्न के के मानक को आवश्यकता पर्छन् ? मुख्य प्रश्न के सवै नेपाली जनता पुर्ण नागरिक भैसकेका छन् ? मेरो विचारमा पक्कै भएका छैन् । त्यसो हो भने कहिले होला ?


Comments

Popular posts from this blog

पुरुस्वत्व निर्माणमा बुवाको मात्रै होईन आमाको पनि भुमिका हुन्छ ।

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

दलित अवस्था हो पहिचान होईन ।