नेपालको विभिन्न आन्दोलनहरुलाई अध्ययन गर्दा अम्बेडकर दृष्टिकोण कही कतै पाइदैन् । जात र वर्गको वहसमा पनि अम्बेडकर देखिदैन् । नेपाल र भारतको समाज ब्यवस्था समान भए पनि अम्बेडकर समाज जीवनको सम्पूर्ण वहसवाट कोशो टाढा किन भए ? श्रमजीवि वर्ग मुलतः दलित बहुजन अम्बेडकरको विचारधारा, आन्दोलनवाट कसरी बञ्चित भए ? खोजको विषय हुन सक्छ । नेपालको सामाजिक ढाँचालाई बुझ्नको लागि माक्र्स, लेनिन, गान्धि आदि सँगसँगै अम्बेडकरलाई बुझ्नु आवश्यक छ । राजकिशोर रजक अम्बेडकर र माक्र्सको विचमा वैचारिक रुपमा कयौँ समानता छन् । साथै, अम्बेडरले नेपाल भारतको सन्दर्भमा माक्र्सको विचारधारा माथि अनेकौ प्रश्न पनि उठाएका छन् जुन हामीले बुझ्न तथा मनन् गर्दा ज्ञान बर्धक हुन सक्छन् । २० नोभेम्बर १९५६ मा बुद्ध वा कार्ल माक्र्स विषय उपर काठमान्डौँमा दिएको एतिहासिक भाषणवाट पनि यहाँका श्रमजीवि मजदुर, दलित बहुजन वर्ग अनभिज्ञ छन् । सवर्ण सत्ताले अम्बेडकरको विचारधारालाई लुकाउन, सके जति कोशिस गरेकै हुन् । डॉ अम्बेडकर सेप्टेम्बर ८ देखि १७, १९४३ मा “ऑल इंडिया ट्रेड यूनियन वर्कर्स अध्ययन शिविर” को समापन भाषण ‘लेबर एंड पा...
Comments
Post a Comment