एक दिन जे भोगे देखे

जिल्ला प्रशासन कार्यलाय, धनुषावाट सन् २००९ मा नेपाली राहदानी लिएको थिए । नेपाल सरकारको सुचना अनुसार २०१५ पछि सवै राहदानी प्रायोगकर्ताले एम.आर.पि. लिई सक्नु पर्ने छ । सो कुरालाई विचार गरि दशैको विद्याको बेलामा एम.आर.पि. सिफारिस लिई राख्ने विचार गरे । दशैको विद्यामा जनकपुर आए र जि.प्र.का.मा आवश्यक काजजात लिएर गए । एम.आर.पि.को फर्म अनलाईन भर्नु पर्ने रहेछ । म स्थानिय एक संस्थामा गए र अनलाईन फर्म भरे । लिएर जि.प्र.का. अगाडी फोटोकपि पसलमा हुलाक टिकट लिन गए । मैले भरेको फर्म देखाए । त्यपछि त्यहाँका एक जनाले फर्म हेर्दै भने कहाँ भर्नु भयो ? मैले किन के भयो ? यो फर्म लिदैन, मिलेको छैन् । मैले भने के मिलेको छैन् ? तपाई बुझ्नु हुन्न । अनलाईन फर्ममा केहि प्राविधिक कमजोरि छ । म भरदिन्छु र तपाईले रु ३०० लाग्छ । मैले भने एक रुपिया दिन्न । त्यहीवाट एक कपि खालि फर्म लिए र आफै भरे । हुलाकको टिकट रु२५ को लिए तर उसले रु ४५ माग्यो । त्यहाँ पनि झन्झट भयो ।  
सम्पूर्ण काजजात लिएर तोक लगाउनकोलागि प्रशासन अधिकृत कहाँ गए । उसले उल्टाई पल्टाई सवै कागजात हेर्यो । नागरिकता छ भनेर सोध्यो । छ सर । बुवाको नागरिकता छ ? छ सर । फोटोकपि पनि सँगै दिएको थिए । अनि त्यस पछि पासपोर्ट छ ? फोटो कपि छ र स्कान कपि मेरो कम्पुटरमा छ, देखाउ सर ? हुदैन ? सक्कल पासपोर्ट लिएर आउनु पर्छ अनि मात्रै हुन्छ । धेरै प्रयास गरे तर अधिकृतले मानेन । त्यस पछि दशै विद्या पछि काठमान्डौ गए । तिहार विद्यामा २१ अक्टुबरको विहान जनकपुर आए र फेरी सक्कल पासपोर्ट र अरु कागजात लिएर जि.प्र.का. गए । फाटवालासँग कुरा कानी गरे । उसले फेरी सबै कगजात उल्टाई पल्टाई हेरे । नागरिकता लिएको रेकर्ड हेर्नुपर्छ भन्यो । त्यसपछि आफ्नो एक जना कर्मचारिलाई रेकर्ड हेर्न लगायो । भेटाएन । त्यसपछि कम्पुटरवाट रेकर्ड खोज्न लगाए र भेट्यो । पाना नं. १०१३ मिति २०५६–०८–१३ मितिमा लिएको नागरिकताको रेकर्डमा मेरो फोटो मात्र देखियो र अरु विवरण च्यातिएको पाईयो । त्यो देखेसि फाटवाला सुब्बा सिग्देलले नागरिकताको प्रतिलिपि बनाउनु पर्छ भन्यो । कार्यालयको लापरवाही देखेर रिसले मेरो कान तातिसकेको थियो । उससँग भनाभन पनि भयो । दाई अरु उपाय छैन् प्रतिलिपि बनाउनै पर्छ । त्यस पछि प्रशासन अधिकृतसँग कुरा गरे । उसले पनि त्यही सुझायो । 
त्यसपछि प्रतिलिपिको फर्म र अनुसुचि १ फर्म लिए र गा.वि.स. सचिवलाई खोज्न थाले । गा.वि.स. सचिव त्यो दिन मन्त्रालयवाट उहाँले हेर्ने ३ वटा गा.वि.स.हरु मध्ये एउटामा निरक्षणकोलागि आएको टालिसँग व्यस्त भएको खवर पाए । तर, जेन तेन सचिवको फोन नम्बर भेटाए र कु्रा पनि भयो र काम पनि भायो । 
प्रतिलिपिको सिफारिस गा.वि.स.वाट लिएर जि.प्र.का. गए र दिन भरि नागरिकहरुले भोगेको दुःख, विभेद, भष्टाचारीको राम लिला टुलुटुलु हेर्न बाध्य भए । मधेशी नागरिकहरु नेपाली नबुझ्ने र नेपाली भाषिका कर्मचारि भैया भन्दै अपमान गर्ने । गालि व्यजत गर्ने । स्थानिय दलालहरुमा यति हृदयहिन थियो कि मानव सवेदनाको नामोनिशान पाईन् । दालालहरु भित्रका कर्मचारिलाई नागरिकता, पासपोर्ट तथा अरु कागजातमा पैसा हालेर दिँदा कर्मचारिले मुसुक्क हाँसेर लिने गथ्र्यो । लाग्थ्यो कस्तो हृदयहिनहरुको संसारमा आएको जस्तो । जि.प्र.का.को सुरक्षाको जिम्मा शसस्त्र प्रहरी बलले लिएको थियो । गेटमा बसेको थियो । भित्र छिर्नकोलागि समस्या हुन्थ्यो । जेन तेन भित्र छिरे । फाटमा केही भेर आफनो कागजात तयारी गर्न लगाए । बाहिर निस्किदा ग्रील ढोकामा शसस्त्र प्रहरीले ठूलो ताल्चा लाई दिएको रहेछ । म केहि बेर ग्रील ढक्क ढकाए । त्यसपछि एक जाना प्रहरी बेस्सरी गालि नर्ग थालियो । विना कारण गालि खानु परयो । त्यस लगतै शसस्त्र प्रहरीका एक जाना आयो । उसले पनि गालिवाट शुरु गर्यो । ढोका खोलेन । त्यस पछि मलाई पनि रिस उठ्ये र ग्रील ढोकालाई जोडले धकेले  । ठूलो आवज भयो । प्रहरी र शसस्त्र प्रहरीले गाली गर्दै ढोका खल्यो र अरु प्रहरीलाई देखाउदै भन्यो यसलाई अब भित्र छिर्न न दे । रिसलाई सम्हाल्न केहि समय लाग्यो । एक छिन लाग्थ्यो म कहाँ आई पुगे ? कस्तो अच्चममको रहेछ यो नेपाली राज ? जहाँ नागरिकलाई अपमान सहनु पर्ने । अथक प्रयास पछि ४ः३० बजे नागरिकताको प्रतिलिपि र एम.आर.पि.को सिफारिस लिन सफल भए ।

Comments

Popular posts from this blog

पुरुस्वत्व निर्माणमा बुवाको मात्रै होईन आमाको पनि भुमिका हुन्छ ।

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

दलित अवस्था हो पहिचान होईन ।