कस्तो अच्चमको देश ?
सबैलाई राम्ररी थाहा छ कि संधियता विनाको संविधान बन्न सकिदैन । पहिचानको मुद्यालाई सम्बोधन नगरि संविधान बने पनि टिक्दैन । चुनावी गणितिय समिकरणवाट प्रविधिक रुपमा एक थोक संविधान बनाउने दुस्साहश हुन सक्छन् तर त्यो प्रतिउत्पादक नहोला भन्न सकिन्न । मुल प्रश्न वा मुदावाट विमुख भएर आज अच्चमको राशलिला मञ्चन भैरहेको छ । काम कुरो एका तिर कुम्लो बोकि ठिमि तिर भने जस्तै राष्ट्रिय राजनीति कसलाई अध्यक्ष बनाउने न बनाउने, सभासदलाई विना योजना पाँच पाँच करोड दिनुपर्र्ने, प्रधानमन्त्रीलाई क्यान्सर लाग्दा देशलाई नै क्यान्सर लागे जस्तो अनिर्णयको बन्दि हुनु पर्ने आदि तपशिलका विषयमा केन्द्रीत देखिन्छ । सत्ता पक्ष वा विपक्षका नेतालाई दिनहु जसो सराप्नु भन्दा सत्ता पक्ष वा विपक्ष बनाउने हामि जनता नै छौँ । मेरो विचारमा नेपाली जनता जसले यीनिहरुलाई प्रधानमन्त्रि, मन्त्रि बन्ने लायक बनाए उनीहरुले आफैलाई प्रश्न गर्नुपर्छ कि साच्चै परिवर्तनको पक्षधर हौँ ? दुनियाको ईतिहासमा एउटा संविधानसभा अवसान भएर लगतै अर्को संबिधानसभाको गठन नेपालमा मात्र भएको देखिन्छ तर पनि परम्परावादी दलको बर्चस्व रहेको संबिधानसभा प्रति जनताको चासो, उत्साह नहुनु विडम्बना नै देखिन्छ । यस्ता खालको विचार जन्मनु दुरगामी रुपमा राम्रो होईन् । संबिधानसभा वाट उत्पीडित, उपेक्षित, बहिस्करणमा पारिएका समुदायको जायज तथा उचित मागलाई संबोधन नगरि बनाएको संबिधानको कुनै अर्थ छैन् । संबिधानसभावाट अधिकार र आत्म सम्मान संबोधन भएन भने उत्पीडित समुदायले अर्को उपायको खोजी गर्नसक्छन् ।
Good one..both the content and the language..
ReplyDelete