दलित विधेयकबारे छलफल गर्दै दलित अगुवाहरु

राजकुमार पासवान
राजविराज,१५ श्रावण । प्रदेश नम्वर २ को सरकारले ल्याउन लागेको ‘प्रदेश नं. २ दलित सशक्तिकरण विधेयक २०७५’ को विषयमा सप्तरीका दलित अगुवाहरु बिच सुझाव संकलन कार्य थालिएको छ ।
दलित सरोकार मञ्च नेपाल सप्तरीको आयोजनामा मङ्गलवार राजविराजमा सुझाव संकलन कार्य थालिएको हो । दलित सशक्तिकरण (विधेयक)ऐनमा दलितकै सहभागिता नदेखिएको ऐनमा नगरपालिका र गाउँपालिका स्तरमा गठन हुने स्थानीय जातीय विभेद तथा छुवाछुत अनुगमन समितिमा अध्यक्षमा मेयर तथा अध्यक्षलाई प्रमुख बनाइएकोप्रति सहभागी दलितहरुले आपति जनाएका छन् । दलित अगुवाहरुले मेयर तथा अध्यक्षहरु अहिले नै कतिपय ठाउँमा दलितहरु विभेद गर्दै आएको आरोप लगाउँदै उक्त स्थानमा दलित अधिकारको क्षेत्रमा काम स्थानीयस्तरकै दलित अधिकारकर्मीलाई अध्यक्ष बनाउनुपर्नेमा जोड दिएका छन् ।
दलित अधिकारकर्मी तथा राय सुझाव समितिका संयोजक भोला पासवानले प्रदेश नम्वर २ सरकारले ल्याएको दलित सशक्तिकरण विधेयक दलित प्रति अधिकार सम्पन्न स्वायत विधेयक(ऐन) बनाउनु पर्ने बताए । उक्त विधयेकद्वारा दलित समुदायको शैक्षिक, सामाजिक, रानीतिक, साँस्कृतिक अधिकार, कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
दलित अधिकार परिषद प्रदेश नम्वर २ का सदस्य प्रथमलाल रामले ‘ऐन’ मा दलित विकास समिति सम्बन्धी व्यवस्थामा सामाजिक विकास मन्त्री अध्यक्ष रहने प्रावधानलाई हटाएर कम्तिमा ५ बर्ष दलित क्षेत्र विशेष योगदान दिने दलित अधिकारकर्मीलाई अध्यक्ष बनाउनुपर्ने बताए ।
जिल्ला समन्वय समिति सप्तरीकी सदस्य गिता देवी खंगले विधेयकमा निःशुल्क शिक्षाको व्यवस्था समेत खुलासा नभएकोले त्यसलाई स्पष्ट गर्नुपर्ने सुझाव दिईन् । राष्ट्रिय जनता पार्टीका दलित नेता श्याम सरदारले प्रदेश नम्वर २ सरकारले ल्याएको दलित सशक्तिकरण विधेयकमा प्रत्येक समितिमा दलितको अगुवाई हुनुपर्ने, उक्त विधेयकको समितिमा आर्थिक तथा प्रशासनिक खर्च समेतको व्यवस्था हुने गरी प्रादेशिक समितिमा आठवटै जिल्लाबाट दलित प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा दलित सशक्तिकरण ऐन २०७५’ माथि राष्ट्रिय दलित आयोगका पूर्व सदस्य बौवालाल शर्मा, नेपाल राष्ट्रिय समाजका जगजिवन राम, दलित अधिकार परिषदका सदस्य राजेन्द्र विश्वकर्मा तथा दलित अगुवा नथुनी पासवान, मनोज मेहतर लगायतले राय सुझाव प्रस्तुत गरेका छन् ।
राय सुझाव समिति गठन
प्रदेश नम्वर २ सरकारले साउ १३ गते जनकपुरमा दलित अधिकारकर्मीहरुलाई बोलाएर ‘प्रदेश नं.२ दलित सशक्तिकरण ऐन २०७५’ मा राय सुझाव दिनका लागि आग्रह गरेका थिए । प्रदेश सरकारले ल्याएको ‘ऐन’माथि टिप्पणी हुन थालेपछि प्रदेशका महान्यायधिवक्ता दीपेन्द्र झाले समिति गठन गरी १५ दिन भित्र राय सुझाव माँगेका छन् ।
राय सुझाव संकलनका लागि भोला पासवानको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो । समितिमा विनोद महरा, राज किशोर रजक, अम्बिका विश्वकर्मा, हरिनन्दन कुमार रजक, चन्देश्वर सदा, शान्ति पासमान रहेका छन् । उनीहरुले लिखित रुपमा प्रदेश सरकार समक्ष राय सुझाव प्रस्तुत गर्ने जनाईएको छ ।
http://newstoday.com.np/2018/07/31/20312

Comments

Popular posts from this blog

पुरुस्वत्व निर्माणमा बुवाको मात्रै होईन आमाको पनि भुमिका हुन्छ ।

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

दलित अवस्था हो पहिचान होईन ।