नेपालका शासक को हुन् ?

राजकिशोर रजक नेपालका शासक जाति को हुन् भने प्रश्नमा जानु भन्दा अगाडि हामी यो एतिहासिक सत्यलाई स्वीकार गराैं कि प्रत्येक देशमा दुई वर्ग हुन्छ – शासक वर्ग र दास वर्ग । यी दुई वर्गको विचमा निरन्तर सत्ता संघर्ष भैरहेका हुन्छ । शासक जाति आफनो सत्ता र प्रतिष्ठाको बलमा शासित वा दासमाथि आफनो प्रभुत्व जमाएका हुन्छन् । आजको सन्दर्भमा प्रतिनिधिमुलक संसदिय लोकतन्त्रमा वालिग मताअधिकार वा चुनावको माध्यमवबाट सत्ता प्राप्त गर्न शासक जातिलाई कुनै अवरोध हुदैन। नेपाली राजनीतिक दलको बनौट नै यसको ज्वलन्त उदाहरण हो । नेपालको शासक जाति को हुन् ? शासक जातिको लागि यो प्रश्न आवश्यक नहुन सक्छ तर अन्तर्राष्ट्रिय समुदाय र स्वय्म शासित जातिको लागि यो प्रश्न आवश्यक मात्रै होइन महत्वपूर्ण पनि छ । त्यसैले यो प्रश्न माथि गहिरो विचार गर्नु पर्छ । नेपालमा शासक जाति मुलतः हिन्दु ब्राहमणवदि पुरुष नै हो । आजको ब्राद्मण र क्षत्री यसलाई खण्डन गर्छन् कि उनीहरु शासक जातिसँग सम्बन्धित छन् । कुनै समय उनीहरु आफुलाई भुदेव भन्थे । संसारको प्रत्येक समुदायमा बौद्धिक वर्गलाई निश्चित आचार संहिताद्धारा पावन कर्तब्यको जिम्मेवारी प्रदा...