रोटी र बेटीमा सिमित जात ब्यवस्था

हिन्दु समाज जातिवादी छन् । जातिवादी जात मात्रै पाल्दैन् उच नीचको भावना पाल्छ । शुद्ध असुद्धको भावना पाल्छ । कतिपयले यसलाई सुन्दर पक्षको रुपमा पनि ब्याख्या गर्ने गर्छन् । तर, मैले गहिरिएर घोत्लिएर हेरे, बुझे, अनुभव गरे कहिँ कतै सुन्दर पक्ष भेटाइन । सुन्दर पक्षको आधारशिला मैले मानवता, समानता, स्वतन्त्रता र न्यायलाई अपनाए । यी मानकवाट हेर्ने प्रयास गरे । त्यो सुन्दर पक्ष भेटाउन मलाई गाह«ो भयो । हिन्दु जातव्यवस्था भित्र अमानवता छ । मानवता कहि कतै पाउनु हुन्न । हरेक वर्णभित्र उच नीच, सुद्धता वा असुद्धता व्याप्त छन् । समानताको कुरा गर्दा यहाँ कोहि जन्मिदै उच्च र चोखो, कोहि जन्मिदै निच र अपवित्र जन्मिन्छन् । स्वतन्त्रता त छदै छैन् । आज पनि प्रेम गर्न जातिवादी समाजमा बर्जित छन् । प्रेमले जात भात मान्दैन् । यहाँ प्रेम अस्वीकार्य छन् तर वलत्कार स्वीकार्य छन् । न्याय जातिवादी उदग्र संरचनामा समता, न्यायको कल्पना सम्म गर्न सकिदैन् । जात ब्यवस्थाको कुरा गर्दा अशिकाँस मान्छे दलितको विषय हो भन्छन् । तर, मुख्य कुरा के हो भने जातव्यवस्था चारै वर्णमा व्याप्त छन् । कसैलाई छोडेको छैन् । यसलाई टिकाई राख...