लोकतन्त्र अर्थात “लोक” को शासन । के साच्चै लोकको शासन हो त ? हामीलाई सानै देखि सिकायो ÷पढायो कि हाम्रो देश लोकतन्त्रिक देश हो । तर, के लोकले लोकतान्त्रिक शासनको अनुभुति गर्न पाएका छन् ? शासन प्रक्रियामा लोकको सर्वोच्चता कायम भएका छन् ? भनिन्छ लोकतन्त्रमा नागरिक सार्वभौम हुन्छन् । नागरिक निर्णयकर्ता हुन्छन् । लोक प्रतिनिधिले जनताको तहवाट नीतिगत नेतृत्व लिन्छ । लोक प्रशासनले लोकको घरदैलोमा प्रभावकारी सेवा प्रदान गर्छन् । लोक–निर्वाचित नेता–सरकारि अधिकारी–अग्रभागका सेवा प्रदायक विच लोकतान्त्रिक जवाफदेहिता कायम हुन्छन् । लोकतान्त्रिक जवाफदेहिताको चार अग्रभागको विचमा नीतिगत रुपमा सहमति, सुपरिवेक्षण, करारमा आधारित जवाफदेहिताको सम्बन्ध कायम रहेका हुन्छन् । यी चार अग्रभागको विचमा जवाफदेहिता टुटेको खण्डमा लोकतान्त्रिक शासन ब्यवस्था कमजोर हुन्छ । लोकतन्त्र आफैमा पूर्ण शब्द हो । यो आफैमा लोक शासकियताको सम्पूर्णता हो । तर, यसलाई विभिन्न वादको दृष्टिकोणवाट व्याख्या, विश्लेसन र शासन प्रणालीको रुपमा प्रयोग भैरहेको छ । वेलायति संस्कारमा हुर्केकाहरु प्रजातन्त्र भन्न वा वोल्न रुचाउछन् । गणतन्त्र पृष...