को सुन्दर ?


विश्व प्रख्यात साहित्यकार म्याक्सिम गोर्कीको अनुसार संस्कृति भनेको मानव श्रमद्धारा निर्मित दोस्रो प्रकृति हो । मानिसले श्रमद्धारा दोस्रो प्रकृति निर्माण नगरेको भए अरु जीवजन्तु जस्तै नाङ्गै हुन्थ्यो । त्यसतै, कार्ल माक्र्सले भनेका छन्, मानिस त्यसबेला ज्यादै खुसी देखिन्छन, जब उसले गोरुले झै श्रम गरिरहेका हुन्छन् । माक्र्सवादीहरु श्रमलाई सौन्दर्यको केन्द्र मान्छन् । यी भनाईलाई आत्मसात् गछौँ भने नेपाली समाजका सवभन्दा सुन्दर मान्छे दलितहरु नै हुन् । तर आज घर र स्कुलका शिक्षा एकदम सर्लक्क कतै पनि नफुटेका मुलायम हातलाई सौन्दर्यका रुपमा परिभाषित गर्दछ । हलो जोत्ने, फलाम पगाल्ने, लुगा सिउने, मुर्ती बनाउने, आरन चलाउने, घर बनाउने, भुई सफा गर्ने आदि हाथलाई सौन्दर्यको रुपमा परिभाषित गर्दैनन् । गोरो मात्र सुन्दर हुन्छन् , अग्लो मात्र सुन्दर हुन्छन्, लाम्चो आँखा मात्र सुन्दर देखिन्छन्, चिम्सा आखा भएका नराम्रा हुन्छन्...............गोरा मात्र सुन्दर होईन्...काला पनि सुन्दर हुन्छन्....र सबभन्दा सुन्दर श्रम हुन्छन्....त्यसैले श्रमजीवि, शिल्पकर्मी दलितहरु सबभन्दा बढी सुन्दर छन् ।

Comments

Popular posts from this blog

Dr Ambedkar’s Speech at World Fellowship of Buddhists, Nepal

कति शताब्दीसम्म चाहिन्छ सवर्णलाई आरक्षण ?

Why Student’s Day Celebrations Don’t Make Sense