ढुङ्गाको मुर्ति भन्दा कुनै देशको प्रधानमन्त्रि कमजोर हुदाँ दया लागेर आयो ।

बर्तमान सन्दर्भमा मानविय अधिकारवाट बञ्चित, सम्पूर्ण रुपमा विभेद तथा निषेध गरिएको व्यक्ति तथा समुदाय दलित हो र उनीहरुको अधिकारप्रति समग्र सचेतिकरण तथा सङघर्षको प्रेरणा दिनु नै दलित चेतना हो । यसको प्रत्यक्ष सम्बन्ध उनीहरुलाई शताब्दीयौँ अघिदेखि मानसिक दासतामा कोचेर राख्ने सामाजिक उत्पीडनवाट मुक्ति प्राप्त गर्नुसँग रहेको छ । वर्णव्यवस्था समाजिक व्यवस्था मात्र नभएर धर्ममा आधारित एक क्रुर राजनीतिक व्यवस्था पनि हो र यसको जगमा एकदमै संगठितरुपले ईश्वरको त्रास निर्माण गरिएको छ र हिन्दु समाजको सम्पूर्ण ईतिहास यहि वरिपरि लामो समय देखि घुम्दै आईरहेका छन् । कथित देवी–देवतामाथि श्रद्घाभाव जगाउने, मन्दिर, ईश्वर, नर्क–स्वर्ग, पुनर्जन्मको धारणा फैलाउने सँगसँगै मनुष्य मनुष्यबीच घृणाभाव उत्पन्न गराउने विषैली तथा अमानुस विचार र मान्यतालाई जडैदेखि उखेल्नुको सट्टा आज यस्ता खालका मुल्य मान्यता राज्य र राजनीतिक तहवाट सचेत रुपमा प्रवाह हुनु लाजमर्दो र अमानविय कुरा हो । आज पथ्थरको मुर्ति, भिखारी बाबाजी, साधुसन्त आदि कुनै देशको प्रधानमन्त्री, मन्त्री.......भन्दा कसरी शक्तिशाली भए ? भारतिय प्रधानमन्त्री मोदी पथ्थरको मुर्तिभन्दा कमजोर हुदा दया लागेर आयो ।

Comments

Popular posts from this blog

भूकम्पपछि जातिवादी समाजकै पुनःनिर्माण गर्ने हो र ?

नारी–मुक्तिको धर्मशास्त्र

अनिवार्य तथा निशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५