जाति, विवाह र पितृसत्ता
राजकिशोर रजक नेपालमा नारीवादी आन्दोलनलाई झट्ट हेर्दा बलियो र सक्रियजस्तो देखिन्छ । विकासको क्षेत्रमा महिला अधिकार, लैंगिक समानता, नारीवाद, पितृसत्ता आदि जस्ता विषयमा बहस, विचार गोष्ठी, तालिम, विमर्श दिनहुँ चलिरहेको देखिन्छ । यस्ता खालका कार्यक्रमहरू अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पत्रपत्रिका, सञ्चार माध्यममा राम्रै कभरेज छ । तर, यी विकासे बहसहरूमा जाति र पितृसत्ताबीचको अन्तरसम्बन्ध वा दृष्टिकोणबाट बहस भएको देखिँदैन । यो लेखबाट पितृसत्तालाई ब्राह्मणवादी पितृसत्ताको दृष्टिकोणवाट विश्लेषण गर्ने प्रयास गरिएको छ । ब्राह्मणवादी पितृसत्ता ब्राह्मणवादी पितृसत्तालाई बुझ्नका लागि विवाह पद्धतिलाई बुझ्न जरुरी छ । ब्राह्मणवादी पितृसत्ताको अधार स्तम्भ ब्राह्मणवादी विवाह पद्धति हो । पिताले कन्यादानबाट छोरीको विवाह सजातीय पुरुषसँग गरिदिन्छ । ब्राह्मणवादी पितृसत्तामा महिलाको यौनिकताको पुरुष र पुरुषको जाति दुवैले गर्छन्। ब्राह्मणवादी धर्म ग्रन्थ जातिभन्दा बाहिर विवाहको अनुमति दिँदैन । जाति र विवाह एउटै सिक्काका दुई पाटा हुन् । जसले रोटी सम्बन्धमा परहेज र बेटी व्यवहारमा बन्देज गर्छ । बे...