नारी–मुक्तिको धर्मशास्त्र

बुधबार, १० असोज २०७५, ०९ : ३९ | राजकिशोर रजक कार्य–आधारित लैंगिक भेदभाव दुनियाँभर छ तर हिन्दू ब्राह्मण व्यवस्थाले आफ्नो खास ‘आध्यात्मिक फासीवादी’ विचारधाराबाट लैंगिक विभेदलाई संस्थागत गरेको छ । उक्त विचारधाराले सामाजिक चेतनालाई गहिरो रूपमा प्रभावित गरेको छ । कार्यस्थललाई वि–लैंगिकीकरण महिला आजादीको मूल उद्देश्य हुनुपर्ने हो तर वि–लैंगिकरणका लागि वि–हिन्दूकरण जरुरी छ । वि–हिन्दूकरण नारी विरोधी हिन्दूशास्त्रको व्यावहारिक बहिस्कारबाट सम्भव छ । नारी उत्पीडन व्यावहारिक रूपमा हिन्दू–ब्राह्मण विचारधारासँग जोडिएको छ । सतिप्रथा, कन्यादान, बालविवाह, दहेज प्रथा, नारी अशिक्षा, महिलाको सम्पत्तिबाट वञ्चित, भयको निर्माण आदि मनुवादी विचार हुन्। हिन्दू ब्राह्मण समाज वैज्ञानिक र आध्यात्मिक विचारधाराको बीचमा पुल बनाउन असफल भएको कारण हिन्दूत्वको मृत्यु भइरहेको छ । हिन्दूत्व विचारधारा आफ्नै कारणले दिन प्रतिदिन कमजोर हुँदैछ । तर्क र विश्वासबीच संवाद बनाउन सकिरहेको छैन । संसारलाई मुख्य चार आध्यात्मिक संसारका रूपमा विभाजन गर्न सकिन्छ : क) इसाई जगत्, ख) बौद्ध जगत्, ग) इस्लामी जगत् र घ)...