अनिवार्य तथा निशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
अनिवार्य तथा निशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ आर्थिक टिप्पणी “शिक्षा प्राप्त गर्ने प्रत्येक व्यक्तिको आधारभुत मानव अधिकारलाई व्यवहारमा कार्यान्वयन गरी शिक्षामा सवैको सहज पहुँच, जीवनोपयोगी र गुणस्तरयुक्त शिक्षा सुनिश्चितता गर्न मौलिक हक सम्बन्धी नागरिकको अधिकारको कार्यान्वयण संयन्त्र स्थापना गर्न पाठ्यपुस्तक उपलब्ध गराउनु पर्ने, शैक्षिक सामाग्री प्रदान गर्ने, छात्रवृति वा आर्थिक सहायता प्रदान गर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार लगायतका व्यवस्था गर्नु परेको व्यहोरा सहितको आर्थिक टिप्पणी गरेको छु ।” पाठ्यपुस्तक, शैक्षिक सामाग्री, छात्रवृति वा आर्थिक सहायता प्रदान गर्न सक्ने उल्लेख गरेको छ । निशुल्कको परिभाषा दिएको देखिदैन् । प्रस्तावना ः शिक्षा प्राप्त गर्ने प्रत्येक व्यक्तिको आधारभूत मानव अधिकारलाई व्यवहारमा कार्यान्वयण गरी शिक्षामा सबैको सहज पहुँच, जीवनोपयोगी र गुणस्तरयुत्त शिक्षा सुनिश्चित गर्न कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, संघिय संसदले यो ऐन बनाएको छ । प्रारम्भिक टिप्पणी 1) प्रस्तावित ऐनले नेपाली नगरिकको आधारभुत तथा माध्यमिक शिक्षामा अन...