संघीय राज्यमा भूमि सुधार

राजकिशोर रजक नेपाल ऐतिहासिक संविधान सभा मार्फत अग्रगामि राज्यको पुनःसंरचनासहितको समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान लेखन तथा निर्माण प्रकृयामा छ । यद्यपि, यो प्रकृया एकदम्मै चुनौतिपूर्ण भएतापनि आफ्नो लक्ष्य तिर संघर्षसरत छ । सभ्यताको विकासको क्रममा मानिसहरुद्वारा संरचित एउटा शक्तिशाली संगठन हो–राज्य । सभ्यता विकासको क्रमको शुरुवात (कविला, गण, क्लान) मा सम्मलित भएर बस्थे त्यहा राज्य स्वरुपको कुनै विकास भैसकेको थिएन । ज्ञान र चेतनाको स्तरसंगै मानिसहरु समाजमा जुनवेला खेतिपाति जस्ता उत्पादनका उन्नत शैलिको विकास हुँदै गए मान्छेको उत्पादनमाथिको सम्बन्धमा परिवर्तन आए र सामूहिक स्वामित्वको ठाउँमा व्यक्तिगत स्वामित्व स्थापित हुन थाले पछि सम्पतिकै आधारमा समाजमा वर्गको उदय भए । वर्गसंगै वर्गीय स्वार्थको रक्षाको सशक्त माध्यमको खोजीमा राज्यको उत्पति भएको हो भन्ने तर्क समाजशास्त्रीहरुको रहेको छ । राज्य एकाधिकारपूर्ण शक्ति प्रयोग गर्ने सवभन्दा ठूलो र शक्तिशाली एउटा बैधानिक राजनितिक संयन्त्र हो । यसको उत्पतिको मुख्य कारण सामुहिक सुरक्षा नै देखिन्छ । आदिम साम्यवादी, प्राचिन गण...