आरक्षण व्यवस्था र हाम्रो अवस्था
राजकिशोर रजक आरक्षण ब्यवस्थाको शुरुवात आरक्षण ब्यवस्था नेपाल र भारतको सन्दर्भमा कुनै नयाँ विषय होइन। यो ब्यवस्था त्यती वेलादेखि आजसम्म जीवित छ जती बेला आर्य यी देशमा आफ्नो शासन स्थापित गरेर मुलनिवासी बहुजनमाथि वर्णब्यवस्था लागु गरे। वर्णब्यवस्थाको अर्को नाम आरक्षण हो। यो ब्यवस्था शासक जातिको कुटिल सोँचको परिणाम हो। आरक्षण ब्यवस्थाको विषयमा मुलनिवासी बहुजन अभियन्ता कमल किशोर कठेरिया आफ्नो पुस्तक, ‘आरक्षण भीख नहीं अधिकार’ मा लेख्छ, ‘आर्यलाई थाहाँ थियो यहाँको मुलनिवासी बहुजन समाजमाथि लामो समयसम्म सजिलै शासन गर्न सकिदैन। शक्तिशालि मुलनिवासीसँग निरन्तर संघर्ष भैरहेको थियो। आर्य एउटा यस्तो ब्यवस्था निर्माण गर्न चाहन्थे जसले मुलनिवासी बहुजन समाजले विरोध पनि नगरोस साथै दिर्घकालिन समयसम्म कायम रहोस्। यसका लागि वर्णब्यवस्थाको विकास गर्यो। आर्यले आफूलाई तीन वर्ण ब्राद्मण, क्षत्री र वैश्यमा विभाजन गरे। समाजको सवै शक्ति र स्रोत आफ्नै तीन वर्णमा वितरण गरे।’ शिक्षा, पुरोहितको कार्य, दान कार्य तथा यज्ञ ब्राद्मणको लागि आरक्षित गरे। रक्षा र शासन गर्ने अधिकार क्षत्रीको लागि आरक्षित गरे। ब्यपा...