जसले आन्दोलनको ज्योति बाले
राजकिशोर रजक विचार ०१ बैशाख २०७५ 63 SHARES बाबासाहेब डा. भीमराव अम्बेडकरलाई भारतको संविधान निर्माताका रूपमा मात्रै चिन्ने धेरै छन्। खासमा उनी दलित र सीमान्तकृत समुदायका विचारक, अगुवा र अभियन्ता हुन्, जसको कुनै जोडा छैन। भीमराव अम्बेडकरको जन्म १४ अप्रिल १८९१ मा मध्यप्रदेशको महु छावनी गाउँमा छालाको काम गर्ने ‘अछूत’ परिवारमा भएको थियो। उनको पैत्रिक गाउँ रत्नागिरि जिल्लाको अम्बावडे गाउँ हो। पिताको नाम रामजी राव र माताको नाम भीमाबाई थियो। उनी पाँच वर्षको हुँदा उनकी आमाको मृत्यु भएको थियो। महाराष्ट्रमा नामसँगै आफ्नो गाउँको नाममा ‘कर’ थपेर थर लेख्ने चलन छ। अम्बेडकर प्रारम्भिक शिक्षाका लागि सतराको एउटा सरकारी विद्यालयमा भर्ना हुँदा सुरुमा उनको नाम ‘भीमराव अम्बावाडेकर’ नै राखिएको थियो। तर उनका शिक्षकले ‘अम्बावडेकर’ बोल्नमा असहज लाग्ने हुनाले ‘अम्बेडकर’ उपनाम लेख्न सल्लाह दिए। त्यसपछि अम्बेडकर भनेर सबैले बोलाउन थाले। अम्बेडकर सानैदेखि कुशाग्र बुद्धिका थिए। शिक्षा आर्जनमा उनको विशेष रुचि थियो। सन् १९०७ मा उनले म्याट्रिक उत्तीर्ण भए। सन् १...