मधेसका विद्यालयमा छुवाछुत
भोला पासवान पञ्चायतकाल : सुनसरीस्थित धरानका ६० वर्षीय बेचन मरिक २०१८ सालतिर कक्षा ३ मा पढ्दा छुट्टै बसेर पढ्थे। शिक्षक शोभाकान्त झाले गर्ने छुवाछुत र विभेदको सीमा नै थिएन। उनी त्यतिबेला सम्झँदै भन्छन्– शिक्षक झाले मलाई कुटेको लठ्ठीले अरु विद्यार्थीलाई कुट्नुपर्दा त्यो लठ्ठीसमेत पानीले चोख्याएरमात्र कुट्थे। २०४६ सालको जनआन्दोलनताका : सप्तरीस्थित धरमपुर गाविस–२ का ३५ वर्षीय ललकु सदा शिक्षकले विद्यालयमा गर्ने विभेद सहन नसकेर चार नकट्दै विद्यालय जान छाडे। उनको अनुभव छ– विद्यालयमा सबै जना पढ्थेमात्र तर म र मेरो साथी दशरथ मरिकले भने हरेक दिन विद्यालयसमेत सफा गर्नुपर्थ्यो, मात्र डोम भएकै कारण। शिक्षकहरुले नै हामीलाई हाम्रो कुल देवताको नाम (दिना भद्री) भनेर होच्याउँथे। यस्तो विभेद खप्न नसकेर दशरथ त १ नकट्दै विद्यालय जान छाडे। लोकतान्त्रिक गणतन्त्रकाल : १) मोरङको रंगेली जनता उच्च माध्यमिक विद्यालयमा अध्ययनरत् विशाल मरिक (डोम) शिक्षकहरुले गर्ने जातीय विभेदकै कारण विद्यालय जान छाडेका छन्। विशालसँगै ३ कक्षामा पढ्ने रमेश मरिक, अजय, निरज, आकाश, अञ्जली, काजल, मनिÈ र पूजा मरिक पनि यही कारण पढ्न...