मधेश सवालमा अनौपचारिक वहस (१० सेप्टेम्बर, २०१७)

संयोगवस तुला नारायण साह, उज्वल प्रसाइ, कासिन्द्र यादव र राज रजक अनौपचारिक रुपमा भेटघाट हुने अवसर जुर्यो । हामी चारै जना समसमायिक मधेश सवालमा करिब दुई घण्टा जति छलफल भयो । दुई घण्टाको वसाईमा विभिन्न विषय उपर खुला भएर अधिकारिक संवाद भयो जस्तो लाग्छ । संवादमा मधेशवाद, मधेशको सन्दर्भमा माक्र्सवाद, बहुजन चेतना, वजारवाद, उपयोगितावाद र जातव्यवस्थाको वारेमा गहिरो छलफल भयो । नेपाली राजनीतिको वृहत तस्वीर, ऐतिहासिक विकासक्रम र मधेशको सवाल र आन्दोलनलाई आलोचनात्मक रुपमा विश्लेषण गर्ने काम भयो । सवै जनाले आ–आफ्नो विचार, दृष्टिकोण मधेशलाई केन्द्रि विषय बनाएर राख्नु भयो । मधेशि समाज असंगठित छ । जातिय, वर्गिय, लैङ्गिक विभेद छ । औपनिवेशिकताको शिकार छ । परम्परागत मधेश नेतृत्व मधेशको मुद्यलाई तार्किक निशकर्षमा पुर्याउन सकेन । मुल कारण आन्तरिक रुपमा अल्पजनवाट विभेदित र वाह«य रुपमा नेपाली राज्यसत्ताको विभेदपूर्ण शासन ब्यवस्था नै हो । माक्र्सवादको आधारभुत शास्त्रीय दृष्टिकोण हिन्दु समाजको मुल अन्तरविरोधलाई पक्रन सेकेको छैन् । मधेशको सन्दर्भमा समाजको मुल अन्तरविरोध जातिय हो भने कुरामा अवधारणागत बुझाईमा...