आरक्षण कि कार्यक्षमता ?

सक्षम राजनीतिक ढाँचा निर्माण त्यस बेला मात्र सम्भव हुन्छ, जब सरकारी निकायमा उत्कृष्ट तथा कार्यक्षमता भएका व्यक्तिले स्थान पाउँछन्। सुन्दा यो तर्क राम्रो लाग्छ–हाकाहाकी कसैले विरोध गर्न सक्दैन। तर, कार्य क्षमताबारे पैरबी गर्ने व्यक्ति वा समुदायको मनोभावना वा आशय के छ भन्ने अध्ययन गर्नु जरुरी छ। कार्यक्षमताको सिद्धान्तमाथि कसैको कुनै आपत्ति छैन । योग्य व्यक्ति हुँदाहुँदै अयोग्य व्यक्तिले कुनै पनि स्थान पाउनु हुँदैन । तर, यस्तो तर्क नेपाली शासन प्रणालीमा बिल्कुल निरर्थक सावित भएका छन् । यहाँ जसरी ‘योग्य व्यक्ति’ छनोट गरिँदै आएको छ, ती सबै शासन सत्तासँग पहुँच भएका जातिबाटै आएका छन्। शासकको दृष्टिकोणबाट यो सिद्धान्त ठिक होला, तर सिमान्तकृत समुदायको दृष्टिकोणबाट के यसलाई ठिक भन्न सकिन्छ ? परम्परागत हिन्दु सामाजिक व्यवस्थामा श्रेष्ठताको आधार वंश परम्परा रहेको छ। यो प्रणालीमा जन्मिनबित्तिकै कुनै व्यक्ति श्रेष्ठ, पवित्र र चोखो मान्ने प्रवृत्ति छ, जुन अवैज्ञानिक हो । मनुस्मृति अनुसार पुरोहितको पद, सम्राटको कुलगुरु, प्रमुख सल्लाहकार, न्यायकर्म, दण्डाधीशको पद, सम्राटको मन्त्रिको पद ब्राह...