हिन्दु धर्म र दासतापूर्ण दलित जीवन

समय लम्बाईको हिसावले आजको समाजलाई एकाइसौँ सताब्दिको आधुनिक समाज भन्छ । इतिहासको एउटा कालखण्डलाई दास युग भन्ने गरिन्छ । मतलव, दास युग इतिहास भैसकेको आम मान्यता छ । राम्रो हुन्थ्यो यदि सत्य त्यसतो भै दिएको भए । महान दार्शनिक प्लेटोको अनुसार त्यो व्यक्ति दास हो जसले आफ्नो व्यवहारको लागि अरुको आदेशको पालन गर्छन् । यो परिभाषालाई गहिरिएर विचार गर्दा हिन्दु वर्णाश्रम अन्तरगतका शुद्रहरु वास्तविक दास हो । शुद्रहरुको सामाजिक, आर्थिक तथा राजनीतिक स्थिती यति नाजुक छ कि आफ्नो दासत्वको विषयमा कसैसँग गुनासो गर्न सक्दैन । उनीहरुले आफ्नो आपवितीलाई जीवन ठान्छन् र कहिले यो सोँच्न पनि सक्दैन कि दासत्ववाट मुक्ति पनि सम्भव छ । दासत्व यती अमानुस हुन्छ कि अरुवाट मानवता वा मर्यादित व्यवहारको अपेक्षा पनि गर्न सक्दैन । आज पनि दक्षिण एसियामा लगभग २५ कारोड शुद्रहरु दासतापूर्ण जीवन बाँच्न बाध्य छन् ।

हिन्दु धर्मले कसरी शुद्रलाई दास बनायो ?

करिब ३५०० वर्ष पहिला आर्य भाषिक समुदाय ईरान र आफ्गानिस्तान हुदै भारत प्रबेश गरेका छन् । उनीहरु करिब ३३०० वर्ष पहिला भारतका मुल बासीमाथि आक्रम गरि उनीहरुलाई दास वनायो । हिन्दु धर्मको मुल ग्रन्थ मनुस्मृतिमा वर्ण उत्पतिको विषयमा एक विशाल मानवको शरीरलाई “ब्राद्मणे वैश्य मुखमासीत वाहू राजन्य कृतः, उक्र तदस्थ यद्धेश्यः पदमयां शूद्रोजायत” अर्थात ईश्वरको मुखवाट ब्राहमण, हाथवाट क्षत्रिय, तिघ्रावाट वैश्य र पैतालावाट शुद्रको जन्म भएको भनेर विश्लेसन गरिएको छ । यी कथित विचारलाई सँस्थागत गर्नकोलागि ब्राहमणले विभिन्न ऋचा, वेद तथा स्मृतिको रचना गरियो । यी रचनाहरुमा वर्णाश्रम व्यवस्थालाई कायम गर्नकोलागि विभिन्न नियमहरु बनाए र समाजलाई विभिन्न जातजातिमा विभाजन गरे । शुरुमा वर्णभेद रंगभेदको रुपमा रहे पनि पछि जातिभेदको रुपमा विकास गरियो यसलाई जन्मसँग जोड्ने काम गरियो । वर्णव्यवस्थालाई लागु गर्ने सन्दर्भमा सजातिय विवाह, रक्त सम्बन्ध नै एक ठाँउमा बसोवास गर्न सक्ने ब्यवस्थालाई कडाई पूर्वक लागु गरियो । छुवाछुतलाई जातव्यवस्था कायम गर्नकोलागि एक सजायको रुपमा विकास गरियो । मानव समुह विच शुद्ध अशुद्धको विचार र मनोविज्ञानलाई विभिन्न कोणवाट विकास गर्ने काम भयो ।
वर्ण वा जातको आधारमा श्रमको विभाजको सन्दर्भमा ईश्वरले शुद्रलाई तन, मन र धनले ब्राहमण, क्षत्रिय र वैश्यलाई केवल सेवा गर्ने आदेश दिएको छ । ब्रहमाले शुद्रलाई ब्राहमणको दासकोलागि मात्र जन्म दिएको छ । शुद्रको जीवनलाई मनुस्मृतिमा विरालो, काग, कुकुर, गधा तथा उल्लुलाई मार्नमा जति पाप लाग्छ त्यती नै एक शुद्रलाई मार्नमा लाग्छ । शुद्रलाई एक स्वतन्त्र मानवको रुपमा पनि स्वीकारेको देखिदैन् । मनुको आदेश थियो कि यदि शुद्रले सवर्णलाई जुन अंगको प्रयोग गरेर मारेको खण्डमा राजा उसको त्यो अङ्ग काट्ने आदेश दिनु पर्छ ।

ब्राहमणले आफुलाई श्रेष्ठ राख्नकोलागि गरेका चलाखी

हिन्दु धर्मका मुल ग्रन्थहरुलाई अध्ययन गर्दा ब्राहमणले आफूलाई श्रेष्ठ राख्नकोलागि मनुस्मृतिमा छुट्टै ब्यवस्था गरेको छ । ब्राहमण भनेको मंगलमय, क्षत्रिय भनेको शक्तिमय, वैश्य भनेको धनमय र शुद्र भनेको निन्दामय हो । शुद्रले घीऊ, दुध, पान र श्रेष्ठ भोजन खानु हुदैन र खायो भने यसवाट ब्राहमणलाई दःख हुन्छ । शुद्रहरु गाउको सिमना भित्र बस्नु हुदैन । उनीहरुको वास भनेको गाऊभन्दा वाहिर, समसान घाट, पहाड तथा भीर पाखा आदि ठाँउमा वसोवास गर्नु पर्छ । यदि ईश्वरले शुद्रलाई दासतावाट मुक्तिको इच्छा गरेपनि उनीहरु दासतावाट मूक्त हुन सक्दैन किनभने दासता उनीहरुको स्वभाविक कर्म नै हो । उनीहरुलाई जुठो अन्न, पुरानो कपडा, पुरानो वर्तन भाडामा दिनु पर्छ । उनीहरुको आफ्नो भने केहि हुनु हुदैन् ।

शुद्रलाई शिक्षावाट बञ्चित राख्न ब्राहमणले गरेका चलाखी

शिक्षा र ज्ञान आर्जनको सन्दर्भमा मनुस्मृतिमा एक विषेस ब्यवस्था गरिएको छ । शुद्रलाई ज्ञान दिनु हुदैन । यज्ञ वा हवनवाट बचेको उच्छिष्ट तथा भाग पनि शुद्रलाई दिनु हुदैन । उनीहरुलाई धर्मको उपदेश पनि दिनु हुदैन् । यदि शुद्र भुलवस वेदको श्रवण गरेको पाईएमा उसको कानमा तातो शिसा पग्लाएर हालदिनु पर्छ । वेद उच्चारण गरेको अवस्थामा उसको जिब्रो काट दिनु पर्छ र स्मरण गरेको खण्डमा हत्या गरदिनु पर्छ । यी विभिन्न व्यवस्थावाट शुद्रलाई आफ्नै सभ्यताको ज्ञान र शिक्षावाट बञ्चित गरियो ।

ब्राहमणले आफ्नो रक्षाकोलागि गरेका चलाखीपूर्ण ब्यवस्था

ब्राहमणले आफ्नो रक्षाकोलागि मनुस्मृतिमा गरेका ब्यवस्था यस्तो छ कि यदि ब्राहमणले जस्तो सुकै अपराध गरे पनि उसलाई मृत्यू दण्ड दिनु हुदैन् । ब्राहमणको हत्या भन्दा संसारमा अरु कुनै पाप हुन सक्दैन त्यसैले राजा उसलाई कहिलै मृत्यू दण्डको आदेश नदिउन । उसले नराम्रो कार्य गरेपनि पुजनिय हुन्छ । उ भु–मण्डलको परम देवता हो । यदि कुनै पाप गरेको खण्डमा उसलाई मार्नु हुदैन वरु सम्पूर्ण धन तथा सशरिर देश निकाला गरदिनु भने ब्यवस्था गरिएको छ ।

ब्राहमणले आफ्नो जीविकोपार्जनको लागि गरेका चतुर चाल

हिन्दु धर्मको विभिन्न ग्रन्थमा ब्राहमणले आफ्नो जीविकोपार्जनकोलागि जसले आफ्नो संचित अन्नको भण्डारवाट ब्राहमणलाई दान गर्दैन उनीहरु कि त चोर हुनु पर्छ कि त पापी हुनु पर्छ । उनीहरुलाई ब्राहमण हत्या गरेको समान बुझनु पर्छ । संसारमा जे जति चिजहरु छन् सबै ब्राहमण कै हो । ब्रद्ममाको मुखवाट उत्पन्न र कुलिन हुनुको कारण उनीहरु सबै धनको अधिकारी हो ।

आर्थिक शोषणको लागि ब्राहमणको चतुर चाल

मनुस्मृतिको अनुसार ब्राहमण विना संकोच वा निडर भएर शुद्रको धन वा द्रव्य छिन्नु पर्छ  किनभने शुद्रको अफ्नो केहि पनि हुदैन । उसको धन उसको स्वामी ब्राहमण नै हो । शुद्र धन आर्जन गर्नेे क्षमता राखे पनि उसले धन संचय गर्नु हुदैन । धन आर्जन गरेर उसले ब्राहमणलाई सताउन सक्छ ।
हिन्दु धर्मको विभिन्न वेद, रचना, शास्त्रलाई एक स्वतन्त्र मानवको आँखावाट गहिरिएर विश्लेसन गर्दा माथि उल्लेखित विभिन्न चतुर चालको माध्यमवाट शुद्रलाई दास बनाउन कुनै कसर बाँकी राखेको छैन् । उच निचमा आधारित जातहरुको समुह नै हिन्दु धर्म हो । यो धर्म मानव सिद्धान्तमा आधारित नभएर शासनमा आधारित हो भने कुरा हिन्दु धर्मका शास्त्रलाई अध्ययन गर्दा प्रष्ट देखिन्छ ।

प्रोफेसर घुर्येको अनुसार हिन्दु समाजको मुख्य स्वरुपलाई यसरी ब्याख्या गरेको छ । हिन्दु समाजमा वर्णमा आधारित वर्ग निर्माण भएका छन् । मानव समुदायको विचमा ऊँच नीचको भावना प्रयाप्त देखिन्छ । यहाँ खान–पान र सामाजिक सम्मिश्रणमाथि प्रतिबन्ध नै छ । कुनै समुदायलाई सामाजिक तथा धार्मिक रुपमा तिरस्कार गरिन्छ भने कसैलाई विशिष्टाधिकार दिन्छ । व्यवसाय छनौटको स्वाधीनतामा रोक लागाएको छ । विवाह सम्बन्धमा स्वतन्त्रता छैन् । आफ्नो वर्ण वा जात भन्दा वाहिर गरेको विवाहलाई सामाजिक स्वीकृति छैन् ।
धर्मको सन्दर्भमा अम्बेडकरलाई विश्वास थियो कि जीवनको लागि धर्मको आवश्यकता छ र यसको विना समाज संचालन गर्न कठिन छ । धर्मको मुल्यांकण सामाजिक मापदंण्डमा आधारित भएर हुनु पर्छ । जुन धर्ममा आफ्नै अनुयायीको विचमा चरम भेदभाव हुन्छ त्यो धर्म हुनै सक्दैन बरु त्यो धार्मिक अपराध हुन्छ । जुन धर्मले आफ्नो करोडौ अनुयाइलाई कुकुर तथा अपराधिभन्दा पनि बढि तिरस्कार गर्छन त्यो धर्म होईन अपराध खाना हुन्छ ।
हिन्दु धर्मको सुधारको सन्दर्भमा अंबेडकरले केहि सुझाब अगाडि सारेको थियो र त्यो सुझाब आज पनि सान्दर्भिक छन् । पहिलो हिन्दु धर्मकोलागि एक सर्वमान्य धर्म ग्रन्थ हुनुपर्छ । दोस्रो, समाजमा पुरोहित पनि चाहिन्छ तर जन्मजात पुरोहितवादको अन्त्य हुनु पर्छ । सवैकोलागि मुक्त परिक्षाको आधारमा पुरोहित छनौट हुनुपर्छ यसकोलागि सरकारी प्रमाण पत्र अनिवार्य हुनु पर्छ । राज्यले कानुन बनाएर पुरोहितको सँख्यामा सिमाबंदी गर्नु पर्छ र पुरोहितको नैतिकता, विश्वास र पुजाविधिमाथि सरकारी निगरानी हुनुपर्छ । जात व्यवस्थालाई खारिज गर्नकोलागि अन्तरजातिय विवाहलाई प्रोत्साहन र राज्य पक्षवाट कानुन वनाई कठोरतापुर्वक लागु गर्नु पर्छ ।

Comments

Popular posts from this blog

चम्चा युग

तीज

Why Student’s Day Celebrations Don’t Make Sense