महा भुकम्पसँगको जम्मका भेट ।


२५ अप्रील, २०१५ दिनको १२ बजे बनेपाको उग्रचण्डी होटलको नयाँ बन्दैगरेको भवनको पाँचौ तल्लाको तालिम हलमा महिला अधिकार मञ्च नेतृत्व विकास तालिम संचालन भैरहेको थियो । २८ जिल्लावट २९ जना महिला अधिकार कर्मिहरुलाई “नारि, पुरुष र सम्पती”को विषयमा सहभागिहरुसँग गहिरो छलफल गरिरहेका थिए । सहभागिहरु उक्त विषयमा खुलेर छलफलमा भाग लिईरहेका थिए । मैले मेरो सेसन सकेर कम्पुटरलगायतका सामाग्रीहरु झोलामा राखिरहेका थिए । त्यती नै बेला एक जना नवलपरासीका महिला अधिकार मञ्चका प्रतिनिधिले थप एउटा प्रश्न गरे । उक्त प्रश्नले थप केहि समय लियो र लगतै एक जना सहभागिले गित गाउन सुरु गरे र गित सक्न वितिकै तालिम हल एक्कासी हल्लिन थालियो । सहभागिहरु भुकम्प आयो भुकम्प आयो भनेर कराउदै टेबल मुनि बस्न कोशिस गर्न थाले । म पनि के गर्ने के न गर्ने भनेर सोच्नै सकिन् । मैले मेरो झोला प्याक गरिनै सकेको थिए । होटलको निर्माण कार्य भैनै रहेको थियो । भरयाङ्गमाको रैलिङ्ग थिएन् । सबै सहभागिहरु रोई कराई गरिनै रहेको थियो । त्यो क्षण जीवनको अन्तिम क्षण नै हो जस्तो ठानिसकेको थिए । घर हल्लि नै रहेको थियो । जे हुन्छ हुन्छ भनेर बहिर निस्किने निर्णय गरे । झोला टाउकोमा राखी पाँच तल्लावाट तल झरे । सबै साथिहरु तल झर्न सफल भए । तर भवन विभिन्न ठाँउमा फाटे पनि ढलेन् । सहभागिहरु मध्ये एक जना नराम्रो सँग डराएका थिए । बेस्सरी कामी रहेको थियो । त्रासदीको अवस्था थियो । मस्तीष्कले काम गरिरहेका थिएन् ।
बाहिर निस्केपछि बच्चासँग सम्पर्क गर्न खोजे तर सम्पर्क हुन सकेन् । धेरै प्रयास गरि नै रहे । तर हुन सकेन् । घरमा बच्चाहरुसँग सम्पर्क हुन नसके पछि लास्टै टेन्सन भयो । त्यस पछि घर जाने निधो गरे । ड्राईभर दाईलाई जान भने । हिडे पनि । तर बाटोमा गाडी र मानिसहरुको ठूलो भिड भएको हुनाले घर आई पुग्न झण्डै ३ घण्टा लाग्यो । बाटो भरी घरमा सम्पर्क गर्न खोजे तर भएन् । बाटो धेरै नै घर भत्केको दृश्य देख्दा झण आतिन थाले । रोए पनि । ड्राईभर दाईको पनि आफनो घरमा सम्पर्क भैरहेको थिएन् । बहाँ पनि रुई राख्नु भएको थियो । तर घर भेटीको म्यासेज आयो । सवै जना सुरक्षित रहेको कुरा जानकारी पाए पछि मन हलुको भयो । ठूलो राहत भयो र सोचे कि यो हाम्रो पुनरजन्म भयो जस्तो लाग्यो । त्यस पछि वच्चाहरुसँग भेट भयो । एक छिन पनि मोटरसाईकल लिएर लैनचौर, जमल, सुनधारा, टुडिखेल गए र भुईचालोले पुरयाएको क्षतिलाई प्रत्यक्ष रुपमा अवलोकन गर्न भ्याए । प्रकृतिको आगाडी मनुस्यको केहि चल्दैन भने कुरा सुनेको थिए तर प्रत्यक्ष भोग्न पनि पाए । यस विनासवाट धेरै कुरा सिके । यसले मानवता, सहयोग, एक अर्काको आड भरोसा जस्ता मानव मूल्यको पनि प्रत्यक्ष रुपमा बुझन र भोग्न पाए । यसरी १२ गते शनिवारको महाभुकम्पसँग जम्मका भेट भयो । मृत्यूलाई नजिकवाट बुझ्ने अवसर पाए । जीवन कतिको अमुल्य रहेछ भने कुराको पनि बोध भयो ।

Comments

Popular posts from this blog

पुरुस्वत्व निर्माणमा बुवाको मात्रै होईन आमाको पनि भुमिका हुन्छ ।

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

दलित अवस्था हो पहिचान होईन ।