सौन्दर्य
श्रम, सीप, कला र कौशलका कारण साँस्कृतिक सौन्दर्यको सृजना हुन्छ र उत्त समाजको अर्थ–राजनीति पनि सोही सौन्दर्य बोधवाट चलेको हुन्छ । नेपाल लगायत दक्षिण एसियामा आज पनि दलितका घर मानविय श्रमका केन्द्र हुन् र उनीहरुका अनेक खालका शारीरिक श्रमवाटै घरवारी, खेत खलयान, बाटोघाटो, पाटीपौवा, मठमन्दिर, सडक र महल निर्माण भएका छन् । खोसिएका आफ्ना अधिकार खोसेरै लिनुपर्छ भन्ने ज्ञान दलित सौन्दर्यशास्त्रको लेखनवाट देखिन थालेका छन् । छठ पुजाका लागि ढाकी र नाङलो बुनिरहेका डोम जोडी तथा अनिकाल र भोखमरि जोगाउन खेतका माटाका डल्ला पल्टाईरहेका, डिलडिलमा मुसाका दुला चहारिरहेका मुसहर दम्पतिका श्रम र सीपको मूल्य बोध किन न भएको ? यस्तै कुरुप संस्कृति र मनोविज्ञानबाट शासित नेपालको सामाजिक परिवेशमा अब श्रम, सीप, कला र सृजतालाई सुन्दर देख्ने चेतना निर्माण गर्ने अनि श्रम–सीप बिरोधि पुरानो सौन्दर्य–बोधलाई रुपान्तरण गर्नु अपरिहार्य हो । यही धृष्टताले नै हिन्दु सम्भ्रान्त सवर्णवादीहरुका मन–मस्तिष्क र आचरणमा उच–नीच, पवित्र–अपवित्र, छुत–अछुत, सुन्दर–असुन्दर, असल–खराब, रुचि–अरुचि, संस्कार–कुसंस्कार, संस्कृति–अपसंस्कृति सि...