छुवाछूत उत्पत्तिको मूल आधार के हो ?

राजकिशोर रजक फरक बिचार प्रख्यात समाजशास्त्री एवं प्रशिद्ध लेखक स्टैनली राईसको अनुुसार अस्पृश्यता दुई विचारबाट उत्पन्न हुन्छ एउटा नश्ल र अर्को पेशा । यी दुवै कुरामाथि छुट्टाछुट्टै विचार गर्दा समाजशास्त्रि राईसका अनुसार अछूतहरु अनार्य (गैर आर्य) तथा अद्रविड हुन र वहाँहरु द्रविडद्धारा पराजित गरिएका हुन् । राईसको भनाई अनुसार भारतमाथि दुई आक्रमण भएका थिए । पहिलो आक्रमण द्रविडले गरेका थिए जसले वर्तमान अछूतको पूर्वजमाथि बिजय प्राप्त गरेका थिए र अर्को आक्रमण आर्यवाट भएको थियो । जसले द्रविडलाई जितेका थिए । भारतका चर्चित विद्धान डा.भीमराव अम्बेडरले आफ्नो पुस्तक “शुद्र हू दे आर एण्ड हाउ दे केम टु बि दि फोर्थ बर्ण अफ इंडो आर्यन सोसाइटी” माथी उल्लेखित बिचार अबैज्ञानिक र अपरिपक्व छन् र यसले कुनै समाधान दिन सकेको छैन् । प्राचीन इतिहासलाई अध्ययन गर्दा चार प्रकारका नाम फेला पर्छन्– आर्य, द्रविड, दास र नाग । यी चार नाम अलग अलग प्रजाति हो वा एउटै प्रजातिका चार नाम हुन ? तर लेखक राईसका अनुसार यी चार नाम भिन्न नश्लका हुन् । यो तथ्यलाई स्वीकार्नु भन्दा पहिला तथ्य पत्ता लगाउन परीक्षण गर्न जरुरी देखिन्छ ...