नेपालका लागि राज्य समाजवाद
बिहिबार, १९ पुष २०७५, ०८ : ०६ | राजकिशोर रजक नेपालको संविधानले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादको कुरा गरेको छ। सरकार चाहिँ सुखी नेपाली समृद्ध नेपालको नाराबाट समाजवादमा जाने नारा लगाउँदै छ। संसारमा समाजवादबारे एउटै बुझाइ छैन। अंग्रेजीमा ‘सोसलिज्म’ भनिने समाजवाद खासमा आधुनिक सिद्धान्त हो जसको पहिलो प्रयोग पश्चिमी समाजमा भएको छ। सम्भवतः ‘समाजवाद’ शब्दको प्रयोग पहिलोचोटि सन् १८२७ मा लेसेज–फेयर सिद्धान्तलाई खारिज गर्ने सन्दर्भमा भएको थियो। समाजवादका कयौँ रूपमध्ये युटोपियन समाजवाद, वैज्ञानिक वा माकर््िसयन समाजवाद, फेबियन समाजवाद, गान्धीवादी समाजवाद, गिल्ड समाजवाद, लोकतान्त्रिक समाजवाद र राज्य समाजवाद छन्। नेपालको प्रस्तावनामा उल्लेख भएको समाजवाद कुनसँग ठ्याक्कै मिल्छ, भन्न सकिने स्थिति छैन। राज्य समाजवाद १९औँ शताब्दीको चरम व्यक्तिवादविरुद्ध प्रतिक्रियाका रूपमा विकास भएको देखिन्छ। पुँजीवादी विभेद तथा असमानतालाई अन्त्य गरी कल्याणकारी राज्य स्थापना गर्न राज्य समाजवादको निर्माण भएको थियो। राज्य समाजवादले राज्य आफैँले शोषणलाई अन्त्य गर्ने कुरामा विश्वास गर्छ। ...